बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

तपाईंलाई थाहा छ एक्सपायरी, वेस्ट बिफोर र यूज बाई डेटबिचको फरक ?

बुधबार, १९ भदौ २०८१, १६ : ०६
बुधबार, १९ भदौ २०८१

काठमाडौँ । तपाईँले कुनै न कुनै प्याकेटमा एक्सपायरी डेट, वेस्ट बिफोर र यूज बाई डेट त देख्नु भएकै होला । हामीले प्रयोग गर्ने लगभग सबै चीजहरूको डब्बा, बोतल वा प्याकेटमा यी तीन मध्ये एउटा न एउटा अवश्य लेखिएको हुन्छ । 

एक्सपायरी डेट हामीमध्ये धेरैलाई थाहा छ । तर कयौँ मानिसहरूलाई वेस्ट बिफोर र यूज बाई डेट के हो भनेर थाहा हुँदैन । तपाई पनि यस कुरालाई लिएर अन्योलमा हुनुहुन्छ ? त्यसो भने चिन्ता लिनु पर्दैन । आजको यस लेखमा हामी तपाईँलाई यी तीनको अर्थ बताउन गइरहेका छौँ ।

सामान्यतया: मानिसहरू यी तीनलाई एउटै ठान्छन् । तर त्यस्तो होइन । तीनवटैको अर्थ फरक फरक छ । सही जानकारीको कमीका कारण हामी कहिलेकाहीँ हामी प्रयोग गर्न नमिल्ने भइसकेका चीजहरू पनि प्रयोग गर्छौँ । खासगरी, औषधि, मेकअपका सामान र खाद्य वस्तुहरूमा यस्तो गर्नु हानिकारक पनि हुन सक्छ । तपाईँलाई यी तीनको बारेमा विस्तृतमा थाहा छ भने तपाईँलाई कहिल्यै धोका खानु हुने छैन । त्यसो भए ती तिनबिचको भिन्नता के छ ?

के हो एक्सपायरी डेट ?

एक्सपायरी डेट त्यस्तो मिति हो जुन मिति गुज्रिएपछि सो उत्पादन प्रयोग गर्दा स्वास्थ्यमा खतरा हुन सक्छ । यसको मतलब प्याकेटमा उल्लेख गरिएको एक्सपायरी मिति सकिएपछि सो उत्पादनले आफ्नो गुणस्तर गुमाइसकेको हुन्छ । अनि ब्याक्टेरिया वा अन्य हानिकारक तत्त्वहरू बढिरहेको हुन सक्छ । सामान्यतः औषधि वा यस्तो खालका उत्पादनहरूमा २-३ वर्षपछि सकिने म्याद लेखिएको हुन्छ ।

जस्तैः फाउन्डेसन वा आइलाइनर जस्ता मेकअप उत्पादनहरूको म्याद सकिएपछि प्रयोग गर्दा छालामा एलर्जी हुने, बिबिरा आउने वा अन्य समस्याहरू निम्तिन सक्छ । खानेकुरामा पनि यही कुरा लागू हुन्छ । दूधको प्याकेटमा लेखिएको एक्सपायरी डेटपछि दूधको उपभोग गर्नुभयो भने, तपाईंले पेटको समस्या हुन सक्छ ।

वेस्ट बिफोरको अर्थ के हो ?

वेस्ट बिफोरको अर्थ सो मिति पछि सामान खराब हुन्छ भन्ने हुन्न । यसको अर्थ सो मितिसम्म उत्पादन उत्कृष्ट स्वाद, बनावट र गुणस्तरमा हुनेछ भन्ने हो । यो मिति पछि पनि सामानको खपत वा उपभोग अझै सुरक्षित हुन सक्छ । तर यसको गुणस्तर अलिकति कम भएको हुन सक्छ । उदाहरणका लागिः चकलेटमा बेस्ट बिफोर लेखिनुको मतलब त्यो मितिसम्म चकलेट यसको उत्कृष्ट स्वाद र बनावटमा हुनेछ । तर, त्यस पछि पनि तपाईँले यसलाई खान सक्नुहुन्छ । तर यसको स्वाद केही फेरिएको हुन सक्छ । एक्सपायरी डेट लेखिएको छ भने चाहिँ सो मितिपछि खानेकुरा खानु हुन्न ।

के हो यूज बाई डेट ?

यूज बाई डेट पनि कुनै वस्तु वा सामान खपत गर्ने वा प्रयोग गर्ने अन्तिम म्याद नै हो । यसको अर्थ सो मितिसम्म उक्त सामान प्रयोग गरिसक्नु पर्छ भन्ने हो । सो मिति कटेपनि सो सामान प्रयोगका लागि सुरक्षित हुनेछैन । यो पनि एक्सपायरी डेट जस्तै जस्तै हो । विशेषगरी ताजा खाद्यवस्तु र छिटै बिग्रिहहाल्ने वस्तु यूज बाई डेटभित्र प्रयोग गर्नु बढी महत्वपूर्ण हुन्छ । ताजा सलाद वा रोटीको प्याकेटमा यूज बाई डेट लेखिएको प्रायः देख्नु भएकै होला ।

छिट्टै म्याद सकिने उत्पादनहरूमा एक्सपायरी डेटको सट्टामा यूज बाई डेट लेख्ने चलन छ । कुनै खाद्य वस्तु वा उपभोग्य वस्तुको प्याकेटमा यूज बाई डेट लेखिएको छ भने त्यो मिति पछि सो सामानको प्रयोग गर्दा स्वास्थ्यमा समस्या आउन सक्छ ।

कुन सामानको प्याकेटमा के हेर्ने ?

मेकअपका उत्पादनहरूः

यस्ता सामानमा एक्सपायरी डेट वा यूज बाई डेटमा ध्यान दिनु पर्छ । तपाईँले वेस्ट बिफोरको मिति सकिसकेपछि पनि मेकअपका सामान प्रयोग गर्दै हुनुहुन्छ भने यसको गुणस्तर अलिकति कम हुन सक्छ । म्याद सकिए पछि प्रयोग गर्दा भने छालामा समस्या आउन सक्छ ।

खानपिनका सामानहरू:

खाद्य वस्तुहरूमा वेस्ट बिफोर मिति लेखिनुको अर्थ सो मितिसम्म यसको स्वाद र गुणस्तर उत्तम हुन्छ भन्ने हुन्छ ।  तर सो मिति पछि यसलाई खानु भने स्वास्थ्यको लागि हानिकारक हुन सक्छ । एक्सपायरी डेटको हकमा पनि यही कुरा लागू हुन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप