कोरियामा कामदार कोटा बढाउने प्रयास गर्छु : प्रस्तावित राजदूत तुम्वाहाङ्फे

काठमाडौँ । दक्षिण कोरियाको राजदूतका लागि प्रस्तावित राजदूत डा.शिवमाया तुम्वाहाङ्फेले ईपीएस प्रणालीमा नेपालले दर्साएको निष्पक्षतालाई अझै प्रचार गर्दै कामदारको कोटा वृद्धिका लागि आवश्यक पहल लिने बताएकी छन् ।
बुधबार भएको संसदीय सुनुवाइका क्रममा प्रस्तावित राजदूत तुम्वाहाङ्फेले आफ्नो कार्ययोजना पेस गर्दै दक्षिण कोरिया नेपाली श्रमिकको आकर्षक रोजगार गन्तव्य मुलुक भएको तथा इमानदार र मेहनती श्रमिकको मान्यता पाएका नेपाली श्रमिकको छवि कोरियामा राम्रो देखिएको बताएकी हुन् ।
‘करार अवधि सकिएसँगै स्वदेश फर्कने, अवैधानिक बसोबास नगर्ने कारण पनि नेपाली कामदार कोरियाली रोजगारदाताको रोजाइमा छन्’, उनले भनेकी छन्, ‘जसका कारण ईपीएसमा नेपाली श्रमिकको कोटा बर्सेनि वृद्धि हुँदै आएको छ । ईपीएस प्रणालीमा नेपालले दर्साएको निष्पक्षतालाई अझै प्रचार गर्दै कामदारको कोटा वृद्धिका लागि आवश्यक पहल लिनेछु ।’
साथै उनले कोरियामा नेपाली श्रमिकहरूमा मानसिक तनाव, कामको चाप, खानपिन, हावापानीलगायत कारण डिप्रेसन तथा आत्महत्याका घटनासमेत हुने गरेकाले मानसिक तनाव तथा आत्महत्याको घटना न्यूनीकरणका लागि “तनाव व्यवस्थापन” कार्यक्रमलाई प्रभावकारी बनाउन पहल गर्ने बताएकी छन् ।
उनले महामारीअघि ४७ हजारभन्दा बढी कोरियाली पर्यटकले नेपाल भ्रमण गरेको तथ्याङ्कले देखाएको पनि बताएकी छन् । कोरियाली पर्यटकको आगमन दर बढाउन नेपाल वायुसेवा निगमको काठमाडौँ– कोरिया सिधा उडानबाट उल्लेखनीय कोरियाली पर्यटक नेपाल भित्र्याउन सक्ने उनको विश्वास छ ।
‘कोरियन एयरले सोल–काठमाडौँ हप्ताको ३ देखि ४ उडान गर्ने र भाडा समेत महँगो भएका कारण पर्यटक आवागमनमा कमी आएको छ’, तुम्बाङ्फेले भनेकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्लाहीका दुई निजी अस्पतालमा अनुगमन, दुवै अवैध
-
महाशिवरात्रिमा पशुपति क्षेत्रमा जम्मा भएको फोहर सफाइ गरियो
-
कटारी गोल्डकपको उपाधि च्याम्पियन ब्वाइज काठमाडौँले जित्यो
-
नेमकिपाको महाधिवेशन : बिजुक्छेंको राजनीतिक प्रशिक्षण, १९ गते नयाँ नेतृत्व चयन
-
काठमाडौँमा चिनियाँ राष्ट्रपति सीले अघि सारेका विचारबारे छलफल
-
बैतडीमा गोली चल्यो, २२ वर्षीय युवक घाइते