प्रस्तावित राजदूत श्रेष्ठ भन्छन्– क्रिकेट साउथ अफ्रिका र क्यानबिच सम्बन्ध बढाउँछु

काठमाडौँ । दक्षिण अफ्रिकाका लागि प्रस्तावित राजदूत प्रा.डा. कपिलमान श्रेष्ठले दक्षिण अफ्रिकाको क्रिकेट संस्था र नेपालको क्रिकेट संस्थाबिच सम्बन्ध बिस्तार गर्ने बताएका छन् ।
बुधबार संसदीय सुनुवाइ समितिमा आफ्नो कार्ययोजना प्रस्तुत गर्दै उनले विगतमा आफू पनि क्रिकेटको राष्ट्रिय खेलाडी रहेको बताउँदै क्रिकेट साउथ अफ्रिका र नेपाल क्रिकेट संघ (क्यान)बिच सहकार्य गराउने उल्लेख गरे ।
श्रेष्ठले दक्षिण अफ्रिकाको शान्ति प्रक्रिया नेपालका लागि उपयोगी हुने भएकोले त्यहाँको अनुभव हासिल गर्ने बताए । उनले आफूले ६ महिनादेखि १ वर्षसम्म मध्यकालीन योजना र १ वर्षपछि बहुपक्षीय सम्बन्धका काम गर्ने उल्लेख गरे ।
आफूसँग ४८ वर्षसम्म अध्यापन गरेको अनुभव रहेको बताउँदै उनले आफ्नो अनुभव कूटनैतिक क्षेत्रमा प्रयोग गर्ने बताए । आफ्नो कार्यकालमा नेपालको स्वतन्त्र परराष्ट्र नीति, संयुक्त राष्ट्रसंघको वडापत्र, असंलग्न परराष्ट्र नीति, पञ्चशीलको सिद्धान्त, नेपालको आत्मसम्मान र नेपालको हितमा टेकेर काम गर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आईपीएल क्रिकेटमा रोयल च्यालेन्जर्सको लगातार दोस्रो जित, चेन्नईलाई चड्कन
-
उदण्ड प्रदर्शनका दोषीमाथि कानुनी कारबाही गर्न महासंघको माग
-
स्टुआर्ट बने नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षक
-
१२ बजे, १२ समाचार : ज्ञानेन्द्र समर्थकको उद्दण्ड प्रदर्शनमा दुई जनाको मृत्युदेखि कर्फ्यू आदेश र सेना परिचालनसम्म
-
ज्ञानेन्द्र समर्थकको उद्दण्ड आन्दोलन : यस्तो छ तोडफोड, लुटपाट र आगजनीको विवरण
-
प्रभु साहले मागे प्रधानमन्त्री ओलीको राजीनामा