शनिबार, १९ असोज २०८१
ताजा लोकप्रिय

वकिलसँग सहकारी छानबिन समितिको छलफल

बुधबार, १९ भदौ २०८१, १४ : ५०
बुधबार, १९ भदौ २०८१

काठमाडौँ । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिको ५२ औँ बैठक सुरु भएको छ । सिंहदरबारमा जारी बैठकमा वकिलहरूसँग राय सुझाव माग्ने काम भइरहेको समितिका एक सदस्यले जानकारी दिए । 

गान्धी पण्डित, स्वागत नेपाललगायतका वकिलहरू समितिको बैठकमा सहभागी छन् ।  यसअघि समितिले विभिन्न सहकारीको रकम हिनामिना र ठगीको आरोप लागेका व्यक्तिहरूसँग सोधपुछ गरेको थियो ।

सरोकारवालाहरूसँगको सोधपुछ र राय सुझावपछि समितिले प्रतिवेदन लेख्ने जनाएको छ । यही भदौ २२ गते सकिन लागेको समितिको म्याद १५ दिन थपिएको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप