साउथ एसिया रिजन फाइनान्सियल इन्क्लुजन इनिसिएटिभको अध्यक्षमा अधिकारी

काठमाडौँ । साउथ एसिया रिजन फाइनान्सियल इन्क्लुजन इनिसिएटिभ (सारफी) को नेतृत्व नेपाल राष्ट्र बैंकमा हस्तान्तरण भएको छ । नेतृत्व हस्तान्तरणसँगै बैंकका तर्फबाट गभर्नर महाप्रसाद अधिकारी सारफीको अध्यक्ष चयन भएका हुन् ।
मध्य अमेरिकी मलुक एल्साल्भाडोरको राजधानी सान्साल्भाडोरमा २ सेप्टेम्बर, २०२४ देखि जारी एलायन्स फर फाइनान्सियल इनक्लुजन (एएफआई) – ग्लोबल पोलिसी फोरमको बैठक चलिरहेको छ । सो बैठकअन्तर्गत आज आयोजित पाँचौँ सारफी लिडर्स राउन्ड टेबलका क्रममा सारफीको अध्यक्षता नेपाल राष्ट्र बैंकमा हस्तान्तरण भएको हो । सो अवसरमा गभर्नर अधिकारी भर्चुअल माध्यमबाट सहभागी भई बैठकको अध्यक्षता ग्रहण गरे ।
बैठकले स्टेट बैंक अफ पाकिस्तानलाई सारफीको उपाध्यक्ष चयन गरेको छ । यसअघि सारफीको नेतृत्व माल्दीभ्स मनिटरी अथोरिटीमा थियो भने राष्ट्र बैंकका तर्फबाट गभर्नर अधिकारी उक्त सञ्जालको उपाध्यक्ष थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभरका ३३ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने
-
चैत २६ गते राप्रपालाई भृकुटीमण्डपमा कार्यक्रम गर्न नदिने प्रशासनको निर्णय
-
नाडा र नाइमाको संयुक्त भनाइः सहअस्तित्वसहित अटोमोबाइल उद्योगलाई सशक्त बनाउँछौ
-
वैदेशिक रोजगार व्यवसायी सङ्घको सचिवमा कुन्छाको उम्मेदवारी घोषणा
-
जनमत र उन्मुक्ति एकताः रञ्जिताको पदीय हैसियतमा समस्या
-
जुम्लामा परिवार नियोजन गर्नेको सङ्ख्या बढ्दै