ओली भर्सेस बालेन : रोकिएन ओलीको फेसबुक ‘अनफलो’ अभियान

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) र एमाले नेता कार्यकर्ताबिचको फेसबुक वार चलिरहेका बेला बालेन समर्थकले प्रधानमन्त्री केपी शर्मा ओलीको ‘फेसबुक’ पेजलाई लगातार ‘अनफलो’ गरिरहेका छन् ।
मंगलबार बेलुकाबाट बालेन समर्थकले प्रधानमन्त्रीलाई फेसबुकमा ‘अनफलो’ गर्न सुरु गरेका हुन् । बुधबार अपराह्नसम्म पनि त्यो क्रम जारी छ ।
आइतबार साँझ मेयर बालेन्द्र साहले नेकपा एमाले (लुम्बिनी) प्रदेश सांसद रेखा कुमारी शर्माले बालश्रम शोषण गरेको तर कारबाही नगरेको स्ट्याटस राखेपछि बालेन र एमाले नेता कार्यकर्ताबिच फेसबुक वार सुरु भएको थियो । बालेनको उक्त स्ट्याटस मंगलबार फेसबुक पेजबाट हटेको थियो ।
त्यसपछि आगो बनेका मेयर बालेनले आफ्नो स्ट्याटस हटाइएको दाबीसहितको मंगलबार अर्को पोस्ट गरेका थिए । उनले सरकारलाई चुनौती दिँदै पोस्ट उडाउने होइन, दोषी समाऊ सरकार भनेका थिए । त्यस लगत्तै बालेनका समर्थहरूले ओलीलाई ‘अनफलो’ गर्न अभियान नै चलाएका थिए ।
ओलीको फेसबुकमा करिब ६ लाख ६३ हजार फलोअर रहेकोमा बुधबार दिउँसो घटेर ५ लाख ९२ हजारमा झरेका छन् ।
मेयर साहले सांसद शर्मालाई कारबाही गर्नुपर्ने माग गरिरहेका छन् । सांसद शर्माविरुद्ध महानगरले बालबालिकासम्बन्धी कसुर र मुलुकी फौजदारी संहिता ऐन, २०७४ बमोजिम दास बनाउन नहुने कसुर अन्तर्गत जाहेरी दर्ता गरेको थियो । तर एमाले नेता कार्यकर्ताले शर्माको बचाउ गर्दै बालेनको आलोचना गर्दै आएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गुजरातको पटका कारखाना भएको विस्फोटमा मर्नेको संख्या १८ पुग्यो
-
कुलमान र हितेन्द्रको रिटमाथि सुनुवाइ जारी, ३४ मुद्दा 'हेर्न नभ्याइने'मा पठाइयो
-
सहकारी ठगीमा पक्राउ पुर्जीपछि फरार सांसदको बिदा संसदबाट स्वीकृत
-
राजाकै कारण हिन्दु सनातनी कमजोर
-
नोबल शान्ति पुरस्कारका लागि दोस्रो पटक इमरान खानको मनोनयन
-
पर्सामा रविविरुद्ध मुद्दा दर्ता गर्न किन भयो ढिलाइ ?