बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

लभिभमा रुसी आक्रमणमा परेर मर्नेको सङ्ख्या ७ पुग्यो

बुधबार, १९ भदौ २०८१, १३ : २७
बुधबार, १९ भदौ २०८१

किएभ । युक्रेनको पश्चिमी सहर लभिभमा रुसले गरेको हवाई आक्रमणमा परेर मर्नेको सङ्ख्या सात पुगेको छ । मृतकहरूमध्ये तीन जना बालबालिका भएको बताइएको हो । 

मंगलबार मध्य युक्रेनको पोत्लाभा सहरस्थित एक सैन्य संस्थानको भवनमा भएको आक्रमणमा परेर ५१ जनाको मृत्यु भएको खबरबाट उब्रिन नपाउँदै रुसले युक्रेनलाई अर्को ताजा चोट दिएको छ । बुधबार बिहानै रुसले ड्रोन र हाइपरसोनिक मिसाइलबाट आक्रमण गरेको लभिभका मेयर एन्ड्री सादोभले भनेका छन् ।

मर्नेमा एक बालकको साथमा ९ र १४ वर्ष उमेरकी दुई बालिका समेत रहेको बताइएको छ । यस घटनामा अर्की एक महिलाको पनि मृत्यु भएको अधिकारीहरूले बताएका छन् । हवाई प्रतिरक्षा बलले रुसी मिसाइल खसाउने प्रयास गरिरहँदा राजधानी किभमा समेत विस्फोटका आवाजहरू सुनिएका थिए । 

रुसले गरेको हवाई हमलामा परेर क्रिभ रिह सहरमा एउटा होटलमा पाँच जना घाइते भएका छन् । हालैका दिन रुसले हवाई आक्रमण तीव्र पारेपछि रुसले देशभरमा हवाई अलर्ट जारी गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप