बुधबार, ०२ माघ २०८१
ताजा लोकप्रिय

स्वीडेनमा ‘फोहोरकी रानी’ विरुद्धको मुद्दाको सुनवाइ सुरु

बुधबार, १९ भदौ २०८१, १३ : २४
बुधबार, १९ भदौ २०८१

स्टकहोम । आफूलाई ‘फोहोरकी रानी’को रूपमा चिनाएकी स्वीडेनकी महिला व्यवसायी बेल्ला निल्सनमाथि दायर भएको मुद्दाको सुनवाइ सुरु भएको छ । उनीमाथि गैरकानुनी रूपमा फोहोरको थुप्रो जथाभाबी फ्याकेको आरोप लागेको छ । यो स्वीडेनमा दायर भएको अहिलेसम्मकै सबैभन्दा ठुलो वातावरणीय अपराध बनेको छ ।

वातावरणविरुद्ध गम्भीर अपराध गरेको भन्दै ११ जनाविरुद्ध अभियोग चलाइएको थियो । बेल्ला यिनैमध्ये एक हुन् । उनी फोहोर व्यवस्थापन गर्ने कम्पनी एनएमटी थिङ्क पिङ्ककी प्रमुख कार्यकारी थिइन् । यो कम्पनीमाथि सन् २०१५ देखि सन् २०२० को बिचमा २१ स्थानमा २ लाख टनभन्दा बढीको फोहोर फ्याकेको वा पुरेको अभियोग लागेको छ । तर निल्सनको वकिलहरूले उनले कुनै गलत काम गरेको भन्ने अस्वीकार गरिरहेका छन् ।

कम्पनीले फोहोरको कुव्यवस्थापन गर्दा लिड, आर्सेनिक र मर्करी जस्ता क्यान्सर गराउने केमिकलहरू हानिकार स्तरमा वायु, जमिन र पानीमा मिसिएको सरकारी वकिलहरूको भनाई छ । आफ्नो कम्पनीले कानुन अनुसार नै गरेको यसअघि घरेलु सञ्चार माध्यमहरूसँगको कुराकानीका क्रममा निल्सनले भनेकी थिइन् । निल्सन पक्राउ पर्दा सन् २०२० मै एनएमटी थिङ्क पिङ्क टाट पल्टिएको सरकारी वकिलहरूले बताएका छन् ।  

वातावरणसम्बन्धी विधेयकअनुसार फोहोर व्यवस्थापन गर्ने कम्पनीको आशय वा क्षमता नभएको उनीहरूको भनाइ छ । डम्पिङ साइटहरूमा जुन तरिकाले फोहोर फ्याँकियो त्यसले मानव, पशुपक्षी र वनस्पतिलगायतको जीवन खतरामा परेको उनीहरूको भनाई थियो । यो अभियोगमा मुछिनेमा निल्सनको पूर्व पति थोमस निल्सन पनि छन् । उनी सन् २०१५ अघि मात्रै एनएमटी थिङ्क पिङ्कको सीईओ रहेकोले उनलाई यो मुद्दामा मुछ्न नहुने उनको वकिलको भनाइ थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप