जलनका घटनामा आगोबाट पोलिने बढी

काठमाडौँ । नेपालमा जलनका घटनामध्ये सबैभन्दा बढी आगोले पोलिने घटना हुने गरेको छ । कीर्तिपुर अस्पतालको तथ्याङ्क अनुसार नेपालमा वार्षिक रूपमा हुने जलनको घटनामध्ये करिब आधाको हाराहारीमा आगोले पोलिने घटना हुने गरेको हो ।
गत वर्ष सन् २०२३ मा ७९१ जना जलनको घटनामा परेका मध्ये ४५३ घटना आगो पोलिएर भएको छ । सोमध्ये तातो तरल पदार्थ (पानी, पशुवस्तुलाई खुवाउने दाना लगायत) बाट २३२ जना जलनमा परेका थिए ।
यस्तै ७ जना एसिड आक्रमणमा परेका थिए भने १५ जना तातो वस्तु छोएर जलनको घटनामा परेको थिए ।
यस्तै, सो वर्षमा ५ जना चट्याङ लागेको थियो । सो वर्षमा करेन्ट लागेर ७९ जना घाइते भएको अस्पतालले जनाएको छ ।
यस्तै, अघिल्लो वर्ष सन् २०२२ मा ६६० जना जलनको घटनामा परेका थिए । सोमध्ये सबैभन्दा बढी आगोको घटनामा परेका थिए । सो वर्ष आगोको घट्नामा ३२५ जना परेका थिए ।
तातो तरल पदार्थ, तातो वस्तु छुँदा, करेन्ट लागेर, चट्याङ लागेर लगायत जलनको घटनामा ३३५ जना परेका अस्पतालको तथ्याङ्क छ ।
यस्तै, सन् २०२१ मा ६२३ जना जलनको घटनामा परेका थिए । सो मध्ये ३९४ जना आगोमा पोलिएका थिए भने अन्यमा २२९ जना घटनामा परेका थिए ।
आगोमा पोलिने घटना सबै भन्दा बढी पर्ने तराई क्षेत्रका मानिस रहका छन् । जाडो मौसममा आगो ताप्ने क्रममा आगोबाट पोलिने घटना हुने गरेको पाइएको अस्पतालको तथ्याङ्क छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बसाइँसराइले बरेङमा बस्ती सुनसान
-
चेतनाको अभाव र भौगोलिक विकटताले घरमै हुन्छन् सुत्केरी
-
देशमा पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
-
महाशिवरात्रि नजिकिंदा मिथिला महाकुम्भ यात्राको तयारी
-
महाशक्तिशाली पोप फ्रान्सिसको अवस्था क्रिटिकल
-
हमासले मुक्त गरेका ६ बन्धक परिवार भेट्दै