शनिबार, १९ असोज २०८१
ताजा लोकप्रिय

पलेशा र प्रशिक्षक कविराज काठमाडौँ महानगरपालिकाद्वरा नगदसहित सम्मानित

बुधबार, १९ भदौ २०८१, १३ : १७
बुधबार, १९ भदौ २०८१

काठमाडौँ । फ्रान्सको पेरिसमा आयोजित पारा ओलम्पिक खेलकुद प्रतियोगितामा देशका लागि ऐतिहासिक कांस्य पदक जित्ने तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई बुधबार काठमाडौँ महानगरपालिकाले नगदसहित सम्मान गरेको छ ।

पलेशासहितको नेपाली खेल टोली बुधबार नै पेरिसबाट नेपाल फर्किएको हो । पलेशासँगै उनका प्रशिक्षक कविराज नेगी लामालाई पनि महानगरपालिकाले नगदसहित सम्मान गरेको हो । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह, उपमेयर सुनिता डंगोललगायतले पलेशा र प्रशिक्षक कविराजलाई सम्मान गरे ।

महानगरपालिकाले पलेशालाई पाँच लाख रुपैयाँ र प्रशिक्षक कविराजलाई तीन लाख रुपैयाँसहित सम्मान गरेको हो । त्यसअघि राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले एक भव्य कार्यक्रमबिच पलेशा र प्रशिक्षक कविराजलाई सम्मान गरेको थियो । पलेशाले सरकारबाट ६५ लाख रुपैयाँ नगद पुरस्कार पाउने छिन् ।

पेरिस पारा ओलम्पिकमा पलेशाले  के–४४ समूहअन्तर्गत महिला ५७ केजीभन्दा मुनिको तौल समूहमा कांस्य पदक जितेकी हुन् । कांस्य पदकका लागि भएको भिडन्तमा उनले सर्वियन प्रतिद्वन्द्वीलाई हराएकी थिइन् । ओलम्पिकमा कुनै पनि नेपाली खेलाडीले जितेको यो नै पहिलो पदक हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप