भरुवा बन्दुक बनाउने सामानसहित एक जना पक्राउ

बाँके । डुडुवा गाउँपालिका-६ शिख्नपुरूवा बस्ने २४ वर्षीय लक्ष्मण सिंह शिखलाई भरुवा बन्दुक बनाउने विभिन्न सामान सहित मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
उनको घरमा भरुवा बन्दुक बनाउन प्रयोग हुने सामानहरू रहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले घर तलासी गर्दा भरुवा बन्दुकको नाल १ थान, बनाउँदै गरेको भरुवा बन्दुकको चित्र भएको काठ २ थान, भरुवा बन्दुक बनाउन प्रयोग हुने नाल ४ थान, फलामको गज १ थान, छर्रा, बारुद र जंगली जनावरको खोपडी सहितको सिङ १ थान फेला पारी उनलाई पक्राउ गरेको हो ।
यसैगरी, राप्ति सोनारी गाउँपालिका-४ कुम्भरस्थित कुम्भरदेखि बासखोली जाने बाटोबाट भरुवा बन्दुक २ थान, सोही बन्दुकमा प्रयोग हुने बारुद र छर्रा बुधबार बिहान प्रहरीले बरामद गरेको छ ।
इलाका प्रहरी कार्यालय बैजापुर बाँके समेतबाट खटिएको संयुक्त टोलीले गस्ती गर्दै जाने क्रममा उक्त हातहतियार फेला पारी बरामद गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिवि केन्द्रीय क्याम्पसको स्ववियुले पायो पुर्णता
-
पाथीभरा मन्दिरमा एक वर्षमा पुगे २ लाख २१ हजार भक्तजन, तीन करोड भेटी जम्मा
-
नेपालको विजयी सुरुवात, यूएई पाँच रनले पराजित
-
हाँडीगाउँमा गहना खोज्ने जात्रा सम्पन्न [तस्बिरहरु]
-
विद्यालय शिक्षा विधेयकका ९१ दफामा सहमति जुट्यो
-
एनआरएनको प्रतिनिधि सबैले जुनसुकै पदमा उम्मेदवार दिन सक्ने