पलको अनुभव : दोहोरो चरित्र एकदमै कठिन हुँदो रहेछ
काठमाडौँ । ‘रावायण’ आगामी शुक्रबारबाट रिलिजमा आउने फिल्म हो । अभिनेत्री पूजा शर्माले र पल शाहको मुख्य भूमिका रहेको फिल्ममा पल रागव र कान्छा नाम भूमिका अर्थात दोहोरो भूमिकामा देखिँदै छन् । फिल्ममा दोहोरो भूमिका निर्वाह गर्न निकै कठिन भएको उनले बताए ।
‘मलाई रावायण शब्द नै मन परेको थियो । रामायण त बच्चैदेखि हेर्दै आएको हो । रावायण चाहिँ रावणको कथा हो । मलाई सुदर्शन दाइले रावणको कथा सुनाउँदा कस्तो होला त भनेर कथा सुनाउनुभयो’, पलले भने ‘फिल्ममा एउटा क्यारेक्टरले दुईवटा चरित्र अर्थात नेगेटिभ र पोजेटिभ चरित्र निभाउनु पर्ने थियो । एकै व्यक्तिले दुई चरित्र निभाउनु पर्ने भएपछि मलाई निकै चाख लाग्यो ।’
फिल्मको टिजर र ट्रलरमा पललाई दाही जुँगा गेटअपमा निकै आक्रामक देखाइएको छ । उनकै भनाइमा यो लुक्स कान्छाको हो, जो न्यायका लागि आक्रामक हुन्छ । ‘कान्छा तराई बेसको पात्र हो ।
निर्देशक सुदर्शन थापाले पललाई ‘रावायण’को चरित्र बारे सुनाउँदा उनलाई आफूले गर्न सकिन्छ र जस्तो भान भएको रहेछ । ‘मैले दाइलाई ‘तपाईँले गलत तपाईँले गलत कास्टिङ पो गर्नुभयो कि ?’ भनेर सोधेँ । किनकी यस्तै क्यारेक्टरका लागि अरू पनि कलाकार छन् । तर उहाँले ‘तिमीले गर्न सक्छौँ’ अनि वर्कसपमा पनि कान्छाकै लागि मेहनत गर्यौ’, उनले भने ।
पलले फिल्मका लागि ‘रावण’को चरित्र र आनीबानी बारे अध्ययन गरेका रहेछन् । बाल्यकालमा हेरेको ‘रामायण’को ‘रावण’ सम्झँदै कलिउयुगको रावण बन्न उनले रावणको क्यारेक्टरको अध्ययन गरेका हुन् । ‘त्यो बेलाको सीताको कतिपय आनीबानी पुजासँग मिल्थ्यो । सीताले गर्न खाजेको, भन्न खोजेको कुरा पूजाले फिल्म गरेको छ । रामायणकै चिजहरू हामीले किताबबाट खोजेर युट्युबाट हेरेर के के हुनसक्छ भन्ने कुरा फिल्ममा राखेका छौँ’, पल भन्छन् ।
फिल्ममा ‘लभर ब्वाई’को छवि बनाएका पलले ‘रावायण’मा चरित्रकै लागि उनले देखेका र चिनेका दाजुहरूसँग केही समय संगत गरेका रहेछन् । फिल्म ‘पुजार सार्की’को सुटिङका क्रममा पोखरामा चिनेका दाजु उमेरका मानिसहरूसँग घुलमिल हुने प्रयास गरेका थिए ।
फिल्ममा रागव क्यारैक्टर पलको पोजेटिभवाला छ । फिल्ममा क्यारेक्टर चेन्ज गर्दा पललाई निकै गाह्रो भएको रहेछ । ‘नेगेटिभ वाला दृश्य गरिरहँदा एकै छिनमा पोजेटिभ गर्दा मुडदेखि गेटअप सबै परिवर्तन गर्नुपर्ने हुन्थ्यो । परिवर्तनको समय र अर्को क्यारेक्टर भित्र पस्दा निकै गाह्रो हुन्थ्यो’, उनले भने ।
फिल्ममा पलले पहिलो पटक एक्सन पनि गरेका छन् । एक्सनको दृश्य आफ्ना लागि निकै कठिन भएको पलले सुनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनी र गण्डकी प्रदेशलाई जोड्न अरुणखोलामा पुल निर्माण
-
स्थानीय तह उपनिर्वाचन : कीर्तिपुरमा हौसिएको छ माओवादी
-
पर्यटकीय स्थल पिकेडाँडा र ज्वालामाई क्षेत्रमा भरपर्दो सञ्चार सुविधा नहुँदा पर्यटकलाई मर्का
-
आमा समूहले सुरू गरे गर्भवती पोषण नाङ्लो कार्यक्रम
-
‘कोप–२९ मा एनसिक्यूजी कार्यान्वयन प्रक्रिया स्पष्ट भएन’
-
पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना