काठमाडौँ महानगरले पनि गर्यो पलेशालाई सम्मान
बुधबार, १९ भदौ २०८१, १० : ५४
_8Fgwhz0Zlj.jpg)
काठमाडौँ । पारालिम्पिक्समा कांस्य पदक जितेकी तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई काठमाडौँ महानगरपालिकाले पनि सम्मान गरेको छ । राष्ट्रिय खेलकुद परिषद्मा सम्मान थापेलगत्तै उनी महानगर कार्यालय पुगेकी हुन् ।
यसअघि राखेपमा उनको भव्य स्वागत गरिएको थियो । सो क्रममा उनलाई युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीसहित राखेपका पदाधिकारीहरुले सम्मान गरेका थिए ।
आजै उनलाई एयरपोर्ट, गौशाला, पुरानो बानेश्वर, मैतीदेवी, डिल्लीबजार, बागबजार, भद्रकाली, शहीदगेट, त्रिपुरेश्वर चोक हुँदै राष्ट्रिय खेलकुद परिषद्को प्राङ्गणमा पुर्याइएको थियो।
पेरिसमा भएको पारालिम्पिक्समा के ४४ क्याटगोरी अन्तरगत महिला ५७ केजीमुनि प्रतिस्पर्धा गरेकी पलेशाले कांस्य पदक जितेकी थिइन् । यो नै नेपाली खेलाडीहरूले ओलम्पिकमा जितेको पहिलो पदक हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानमा शक्तिशाली भूकम्प
-
तीनकुने घटनामा संलग्न भएको अभियोगमा थप सात जना पक्राउ
-
‘ओल्मोलाई दर्ता गर्न बार्सिलोनासँग पैसा नै छैन’
-
मस्कको आलोचना बढ्दै, टेस्लाको बिक्रीसँगै सेयरमा गिरावट
-
एनआरएनए एकता महाधिवेशनलाई सहयोग पुग्नेगरी सरकारी निर्णय
-
१० बजे १० समाचार : तीनकुने घटनामा प्रहरीको प्रस्टोक्ति, वारपारको आन्दोलनमा शिक्षक