पोल्टाभामा रुसी आक्रमणमा मर्नेको सङ्ख्या ५१ पुग्यो, २७१ जना घाइते
बुधबार, १९ भदौ २०८१, ०९ : ३८

किएभ । मध्य युक्रेनमा रहेको सहर पोल्टाभामा गरिएको रुसी क्षेप्यास्त्र हमलामा मर्नेको सङ्ख्या ५१ पुगेको छ । घटनामा कम्तीमा २ सय ७१ जना घाइते भएका छन् ।
युक्रेनी अधिकारीहरूका अनुसार एउटा सैन्य एकेडेमी र नजिकैको अस्पतालमा क्षेप्यास्त्रले क्षति पुगेको छ । आक्रमणका युक्रेनी सेनाहरू पनि मारिएको त्यहाँको स्थल सेनाले जानकारी दिएको छ ।
त्यहाँको रक्षा मन्त्रालयका अनुसार हवाई हमलाको चेतावनी जारी गरिए पनि मानिसहरूले बम सेल्टरहरूमा पुग्नका लागि समय पाएनन् । राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले रुसी आक्रमणको बदला लिने बताएका छन् । मस्कोले भने आक्रमणबारे कुनै पनि प्रतिक्रिया जनाएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनसरीको देवानगञ्ज गोली काण्डमा ५ जना संलग्न, दुई पक्राउ, तीन जना अझै फरार
-
गैँडाको शून्य चोरीसिकार पाँच सय दिन कट्यो
-
स्वान्सी सिटीको सहमालिक बने चर्चित फुटबलर लुका मोड्रिच
-
९ महिनामा करिब ५८ अर्ब वैदेशिक लगानी प्रतिबद्धता, कुन क्षेत्रमा कति लगानी ?
-
झुक्किएर डिपोर्ट भएकालाई अमेरिकाले फिर्ता नल्याउने
-
शिक्षकहरूका मागका विषयमा तीन मन्त्री छलफलमा