आईसीसीको पक्राउ पुर्जीबिच पुटिनलाई मंगोलियामा भव्य स्वागत

मंगोलिया । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई मंगोलियामा भव्य स्वागत गरिएको छ । आफूविरुद्ध पक्राउ पुर्जी जारी भएपछि कुनै पनि इन्टरनेसनल क्रिमिनल कोर्ट (आईसीसी) सदस्य राष्ट्रको पुटिनले भ्रमण गरेको यो पहिलो अवसर हो ।
युक्रेनका बालबालिकाहरूलाई गैरकानुनीरूपमा डिपोर्ट गरेको आरोपमा आईसीसीले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । भ्रमणअघि क्रेमलिनका एक प्रवक्ताले भ्रमणका दौरान पुटिन पक्राउ पर्ने कुनै चिन्ता नरहेको स्पष्ट पारेका थिए ।
मंगलबार राजधानी उलानबाटारमा मंगोलियाका नेताले भव्य समारोहबिच पुटिनलाई स्वागत गरेका थिए । जंगेज खाँ स्क्वेरमा उक्त कार्यक्रम आयोजना गरिएको थियो । समारोहपछि पुटिनले मंगोलियाका राष्ट्रपति उखनागलिन खुरेलसुखसँग भेटवार्ता गरे ।
उता, पुटिनको भ्रमणअघि युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले मंगोलियासँग पुटिनलाई पक्राउ गर्न आग्रह गरेका थिए ।
बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज भूकम्प स्मृति दिवस, विभिन्न कार्यक्रमका साथ मनाइँदै
-
आज यी तीन प्रदेशमा वर्षाको सम्भावना, तराईका भूभागमा तातो लहर चल्ने
-
महालक्ष्मीको बार कसलाई कति लाभ ? हेरौं आजको राशिफल
-
‘०७२ वैशाख १२ गोरखा भूकम्प’को दशक पूरा, भत्किएका संरचना अझै अधुरा
-
कति पुग्यो अष्ट्रेलियन र क्यानेडियन डलरको मूल्य ?, यस्तो छ विदेशी मुद्राको दरभाउ
-
ला लिगामा तेस्रो स्थानको एटलेटिको मड्रिड विजयी