आइतबार, २० असोज २०८१
ताजा लोकप्रिय

हरियाणा विधानसभा चुनावमा कांग्रेस र आपबिच गठबन्धनको तयारी

बुधबार, १९ भदौ २०८१, ०९ : १८
बुधबार, १९ भदौ २०८१

नयाँ दिल्ली । हरियाणा विधानसभा चुनावमा आम आदमी पार्टी (आप) र कांग्रेसबिच गठबन्धनका लागि वार्ता भइरहेको छ । सरकारी समाचार एजेन्सी पीटीआईका अनुसार आपले १० सिट मागेको छ । 

हरियाणा कांग्रेस इन्चार्ज दीपक बबरियाले पनि दुई पार्टीबीच गठबन्धनको वार्ता भइरहेको र यसबारै छिट्टै निर्णय हुने बताएका छन् । ‘आम आदमी पार्टीसँग गठबन्धनको वार्ता प्रारम्भिक चरणमा छ र अबको दुई दिनमा कुनै निर्णय भए जानकारी गराइनेछ ।’

उनले भने, ‘इन्डियन एक्सप्रेसको रिपोर्ट अनुसार कांग्रेसले आपलाई सात सिट दिने प्रस्ताव गरेको छ । हरियाणा आम आदमी पार्टीका अध्यक्ष सुशील गुप्ताले मंगलबार भनेका थिए, ‘राष्ट्रिय नेतृत्वबाट प्राप्त आदेश अनुसार हामी सबै ९० विधानसभा सीटका लागि तयारी गर्दैछौं । हामीले परिवार जोडो अभियान चलाएका छौं ।’

कांग्रेस केन्द्रीय कमिटीमा ४९ सिटमा छलफल भएको र बाँकी ४१ सिटमा सुझाव पठाइएको दीपक वाबरियाले सञ्चारकर्मीलाई बताए । यसैबीच, हरियाणाका मुख्यमन्त्री नायब सिंहले कांग्रेस र आप दुवैलाई निशाना बनाएर दुवै पार्टीमाथि भ्रष्टाचारको आरोप लगाएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप