बुधबार, १२ मङ्सिर २०८१
ताजा लोकप्रिय
अपराध

‘दुई छोरीलाई विष खुवाएर मारेँ’ भनेकी अस्मिता पाँच दिनदेखि बेपत्ता !

बुधबार, १९ भदौ २०८१, ०६ : ४७
बुधबार, १९ भदौ २०८१

विराटनगर । मोरङको सुन्दरहरैंचा–७ मा दुई बालिकालाई पाँच दिन अघि विष खुवाएरै मारिएको निष्कर्ष प्रहरीले निकाले पनि ती बालिकाको आमा अझै फेला पर्न सकेकी छैनन् ।

गत शुक्रबार साँझ ८ बजेतिर श्रीमान् अर्जुन कार्कीसँग झगडा भएपछि तीन वर्षे र एक वर्षे छोरी क्रमशः अर्पणा कार्की र आइका कार्कीलाई लिएर हिँडेकी अस्मिता कार्की बेपत्ता छिन् । उनले दुई छोरीलाई मारेको भनेर परिवारलाई घटनालगत्तै खबर पठाएको प्रहरीको भनाइ छ ।

आमासँगै हिँडेका दुई छोरी शनिबार दिउँसो मृत अवस्थामा भेटिएका थिए । एक वर्षे बहिनीलाई तीन वर्षे दिदीले अँगालोमा बेरेर सुतेको अवस्थामा शव केराबारीमा भेटिएको थियो । श्रीमान् अर्जुनसँग झगडा भएपछि अस्मिता ‘म पनि मर्छु, छोराछोरी पनि मार्छु’ भन्दै हिँडेको पारिवारिक स्रोतले जनाएको छ ।

मोरङका प्रहरी प्रमुख नवराज कार्कीले अस्मितालाई सुन्दरहरैंचा आसपासको जङ्गलमा खोजी गरिएको तथा पूर्वपश्चिम राजमार्गमा भएका केही सीसीटीभी फुटेज हेरिए पनि फेला नपरेको बताए । अहिलेसम्म प्रहरीले उनी कता गइन् भन्ने भेउ पाउनै सकेको छैन ।

‘अहिलेसम्म उनको अवस्था पत्ता लागेन । पूर्वतिर जाने हाइवेमा प्रभावकारी सीसीटीभी पनि रहेनछ । अब भोलि (बुधबार) पश्चिमतिरको सीसीटीभी फुटेजको अध्ययन गर्छौं,’ कार्कीले भने, ‘आफन्त नातागोता सबैतिर खबर गरिएको छ । अहिलेसम्म कुनै क्लु भेटिएको छैन ।’

‘श्रीमानलाई छोरी मारिसकेको भनेर म्यासेज पठाएको देखिन्छ’, प्रहरी स्रोतले भन्यो, ‘मोबाइल पनि पानीमा भिजेको अवस्थामा भेटिएको छ । यो म्यासेज अस्मिताले नै पठाएको हो कि होइन भनेर अनुसन्धान गर्दैछौँ ।’

प्रहरीले भने पूर्वाञ्चल विश्वविद्यालयको जङ्गल, केराबारी, खोर्साने लगायतका जङ्गलमा अस्मिताको खोजी गरेको थियो । ‘विभिन्न कोणबाट अनुसन्धान भइरहेको छ,’ बेलबारीका प्रहरी निरीक्षक तेजबहादुर दाहालले भने, ‘अझै पनि ४०÷४५ जना भेला भएर खोजी गरिरहेका छौँ । तर फेला पारेका छैनौँ ।’

प्रहरीकाअनुसार अस्मिताले श्रीमान् अर्जुनलाई ‘तेरा छोरी मारिसके’ भनेर म्यासेज गरेकी थिइन् । उनको मोबाइल भने दुई बालिका मृत भेटिएकै स्थानमा भेटिएको छ ।

‘श्रीमानलाई छोरी मारिसकेको भनेर म्यासेज पठाएको देखिन्छ’, प्रहरी स्रोतले भन्यो, ‘मोबाइल पनि पानीमा भिजेको अवस्थामा भेटिएको छ । यो म्यासेज अस्मिताले नै पठाएको हो कि होइन भनेर अनुसन्धान गर्दैछौँ ।’

यस्तै मोरङका प्रहरी प्रमुख कार्कीका अनुसार अस्मिताले शनिबार गोठगाउँकै एक होटेलमा मःम खाएको र डेढ सय रुपैयाँ तिरेको देखिएको छ ।

‘मःम खाएको भनेर होटलवालाले भनेको छ । उनी अलिक हतास मनस्थितिमा थिइन् भन्ने कुरा आयो,’ कार्कीले भने, ‘फोनको सीडीआर पनि परीक्षण गर्ने काम भइरहेको छ ।’

बालिका मृत भेटिएको स्थानमा एउटा विषादीको बट्टा फेला परेको थियो । मृतक बालिकाहरूको भने आइतबार अन्त्येष्टि गरिएको छ ।

‘मोबाइल कम चलाउन, समयमै बच्चालाई खाना खुवाउन र निर्माणाधीन अवस्थामा रहेको घरमा पानी लगाउन भनेर श्रीमानले भनेका रहेछन्,’ एसपी कार्कीले भने, ‘सामान्य विषयमा विवाद हुँदा छोरी लिएर गएको देखिन्छ ।

‘बालिकाका बुवा–आमा अर्जुन र अस्मिता पौडेलबिच सामान्य विषयमा  भनाभन भएको रहेछ,’ मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीले भने, ‘अनुसन्धानबाट थप कुरा खुल्दै जाला ।’

श्रीमान्–श्रीमतीबिच सामान्य भनाभनमै दुःखद घटना भएको उनले बताए । अर्जुन र अस्मिताले सुन्दरहरैचामै घर बनाइरहेका थिए ।

‘मोबाइल कम चलाउन, समयमै बच्चालाई खाना खुवाउन र निर्माणाधीन अवस्थामा रहेको घरमा पानी लगाउन भनेर श्रीमानले भनेका रहेछन्,’ एसपी कार्कीले भने, ‘सामान्य विषयमा विवाद हुँदा छोरी लिएर गएको देखिन्छ ।

मृतक बालिकाहरूका पिता अर्जुन भने सवारी चालक हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप