मन्त्री गुरुङले आईजीपीसँग माफी माग्नुपर्छ : पूर्वसुरक्षाकर्मी परिषद्

काठमाडौँ । पूर्वसुरक्षाकर्मी परिषद् नेपालले सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले आईजीपीसँग माफी माग्नुपर्ने बताएको छ । मंगलबार एक विज्ञप्ति जारी गर्दै परिषद्ले सञ्चारमन्त्रीले ‘प्रहरी महानिरीक्षक (आईजीपी)को जिब्रो थुत्नुपर्ने’ भनेर दिएको अभिव्यक्ति फिर्ता लिनुपर्ने र क्षमायाचना गर्नुपर्ने उल्लेख गरेको हो ।
विज्ञप्तिमा भनिएको छ,‘माननीय मन्त्रीज्यूको अभिव्यक्तिले देश र जनताको शान्ति सुरक्षा र अमन चयन कायम राख्न अहोरात्र खट्टिने सशक्त एवं गरिमामय संगठनको तेजोबध गर्न चाहेको जस्तो आभास भएकाले मन्त्री स्वयं र सरकारप्रति नै आशंका, असन्तुष्टि साथै अन्योल पैदा गरेको हुँदा माननीय मन्त्रीज्यूले तत्काल उक्त भनाइलाई फिर्ता लिई नेपाल प्रहरी संगठन एवं प्रहरी महानिरीक्षकज्यू समक्ष क्षमायाचना गरी आगामी दिनमा कुनै पनि बहालवाला तथा पूर्व सुरक्षाकर्मीहरूप्रति लक्षित गरी यस्ता अमर्यादित असंवेदनशील, अशोभनीय एवं आपत्तिजनक शब्दावलीको प्रयोगद्वारा टीकाटिप्पणी नगर्न विशेष आग्रह गर्दछ ।’
परिषद्ले मन्त्री गुरुङलाई आवश्यक कारबाही गर्न प्रधानमन्त्रीसँग माग गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
संविधानअन्तर्गत शपथ खाएर संसद्मा संविधान मान्दिनँ भनिनु इमानदारिताको खडेरी : प्रधानमन्त्री
-
२०४६ को जनआन्दोलनमा भारतका पूर्वप्रधानमन्त्री चन्द्रशेखरको योगदान महत्वपूर्ण : महत
-
सेवा र विद्युतीय व्यापार प्रवर्द्धनमा सरकार
-
वैदेशिक रोजगार विभागका महानिर्देशक खत्री मन्त्रालय तानिए, भुसाल गए
-
ऊर्जा क्षेत्रमार्फत गरिब तथा विपन्न नागरिकलाई सम्पन्न बनाउन सकिन्छ : मन्त्री खड्का
-
शिक्षकहरूका जायज माग सम्बोधन गर्न तयार छौँ : प्रधानमन्त्री