एससीटीले ल्यायो तिर्की दाउ : ट्रायल अफर

काठमाडौँ । हरितालिका तीज, बडा दसैँ तथा शुभ दीपावलीलाई लक्षित गरेर स्मार्टचोइस टेक्नोलोजीज लिमिटेड (एससीटी) ले “तिर्की दाउ : ट्रायल अफर” सार्वजनिक गरेको छ ।
अफर अन्तर्गत एससीटी–यूपीआई डेबिट कार्ड प्रयोगकर्ताले कुनै पनि खरिदमा पीओएस मार्फत विद्युतीय कारोबार गर्दा रु ७७७ सम्मको क्यासब्याक प्राप्त गर्न सक्नेछन् । हालसम्म एससीटी–यूपीआई डेबिट कार्ड नलिएका ग्राहकले कार्ड जारी गर्न एससीटीसग आवद्ध बैंक तथा वित्तिय संस्थाहरुमा गएर प्राप्त गर्न सक्नेछन् ।
ग्राहकले यस अवधिमा ६ महिनादेखि प्रयोगमा नल्याएको एससीटी–यूपीआई डेबिट कार्ड प्रयोग गरेमा रु १११ को क्यासब्याक र सबै प्रयोगकर्ताले तीन वा सोभन्दा धेरैपटक कारोबार गर्दा रु ३३३ क्यासब्याक प्राप्त गर्न सक्नेछन् । साथै, सात वा सो भन्दा धेरै कारोबार गर्दा रु ७७७ क्यासब्याक पाउन सक्नेछन् । हरेक कारोबारको रकम रु ५०० वा सोभन्दा धेरै हुनपर्नेछ र एउटै टर्मिनलबाट दिनको एकपटकको कारोबार मात्र अफरका लागि मान्य हुनेछ ।
साथै, भारतमा पनि नेपाली रुपैयाँ २५०० वा सोभन्दा धेरैको कारोबार गरेको खण्डमा नेपाली रुपैयाँ २५० को क्यासब्याक प्राप्त गर्न सक्नेछन् । अफरको विस्तृत विवरण र सर्त तथा बन्देजहरू एससीटी को आधिकारिक वेबसाइटमा पाउन सकिनेछ । यो अफर यहि सेप्टेम्बेर १ देखि अक्टोबर ३१ सम्म लागु हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आलुको बोराभित्र लुकाएर ओसार्दै गरेको साढे २९ किलो चरेससहित तीन युवा पक्राउ
-
अमेरिकाले ‘युएसएआईडी’का ८३ प्रतिशत कार्यक्रम रद्द गर्दै
-
विषालु रसायनले भरिभराउ जहाज र तेल ट्याङ्कर ठोक्किदा भयानक दुर्घटना, ३६ जनाको उद्धार
-
रातोपाटी ब्रिफिङ : कुलमानबारे मन्त्रिपरिषद् बैठक अनिर्णितदेखि राजावादीले ‘हल्लाए गणतन्त्रको जग’सम्म
-
निषेधाज्ञाको निर्णयपछि राजेन्द्र लिङ्देनको प्रतिक्रिया– गणतन्त्रको जग हल्लिएछ !
-
अनुचित लेनदेन जाँचबुझ आयोग गठन, चिया विकास बोर्डमा पाण्डे नियुक्त