विष्णुमती नदीको जलसतह खतराको तह पार
मङ्गलबार, १८ भदौ २०८१, १९ : ४९
_MlnHzPPmR2.jpg)
काठमाडौँ । काठमाडौँको विष्णुमती नदीको गोङ्गबु जलमापन केन्द्रमा जलसतह खतरा तह पार गरेको छ । काठमाडौँ उपत्यका र आसपासका क्षेत्रको वर्षाका कारणले विष्णुमती नदीले जलसतह सतर्कता तहदेखि खतराको तह पार गरेको हो ।
जलसतह खतरा तह पार गरेको र बढ्दो क्रममा रहेका जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागले विष्णुमती नदी किनारको बाटो भई यात्रा गर्ने र नदीको तटीय क्षेत्रमा रहनेहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।