नेपालमा वार्षिक करिब १५ सय बालबालिकामा क्यान्सर

काठमाडौँ । राष्ट्रिय क्यान्सर नियन्त्रण रणनीति २०२४–२०३० अनुसार नेपालमा वार्षिक रुपमा १५ सय बालबालिकामा क्यान्सर हुने अनुमान गरिएको छ । तीमध्ये एक तिहाइ मात्रै पत्ता लागेको अनुमान सो रणनीतिमा उल्लेख छ ।
यस्तै, वयस्कमा हुने क्यान्सरभन्दा बालबालिकामा हुने क्यान्सरहरू रोक्न थोरै मात्र उपायहरू हुन्छन् । बालबालिकामा हुने क्यान्सर प्रारम्भिक निदान र उपचारमा केन्द्रित रहेको उल्लेख छ । बालबालिकामा हुने क्यान्सरको प्रारम्भिक निदानमा, प्रारम्भिक चेतावनी सङ्केत र लक्षणहरूमा आधारित प्रारम्भिक पहिचान हुन आवश्यक रहेको रणनीतिमा उल्लेख छ ।
विगत एक दशकको अवधिमा क्यान्सर रोगीहरू १३ प्रतिशतले वृद्धि भएका छन् । नेपालमा हुने कूल मृत्युमध्ये दुई तिहाइ भन्दा बढी हिस्सा (७१ प्रतिशत) नसर्ने रोगहरूको कारणले क्यान्सर हुने गर्दछ जसमध्ये ११ प्रतिशत व्यक्तिको मृत्यु क्यान्सरको कारण हुने गरेको पाइएको रणनीतिमा उल्लेख छ ।
रणनीति अनुसार नेपालमा सन् २०२२ मा क्यान्सरका २२ हजार जना नयाँ बिरामीहरू देखा परेका थिए भने १४ हजार भन्दा बढीले क्यान्सरकै कारण ज्यान गुमाएका थिए । नेपालमा धेरै देखिने क्यान्सरहरूमा फोक्सोको क्यान्सर, स्तनको क्यान्सर, पाठेघरको क्यान्सर लगायत रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : प्रधानमन्त्री र आन्दोलनरत शिक्षकबीच वार्तादेखि गभर्नरमा गुणाकरलाई रोक्ने प्रयाससम्म
-
नेपाली समाज भारतको नवौँ राष्ट्रिय सम्मेलन सम्पन्न
-
बसाइँ सरेको १८ वर्षपछि वेदबहादुर पुन: आफ्नै गाउँ फर्किए
-
बालुवाटारमा प्रधानमन्त्री र आन्दोलनरत शिक्षकबीच वार्ता
-
अभिनेत्री नीति शाहले गरिन् कानूनी विवाह
-
के आधारमा लिङ्देन उपसमितिले दियो पोखरा एयरपोर्टमा भ्रष्टाचार भएको प्रतिवेदन ?