कञ्चनपुरका आरक्ष पीडितको समस्या तत्काल समाधान गर्न एनपी साउदको माग

काठमाडौँ । नेपाली कांग्रेस सांसद एनपी साउदले कञ्चनपुरको शुक्लाफाँटा वन्यजन्तु आरक्षपीडितको समस्या समाधान गर्न माग गरेका छन् ।
मंगलबार बसेको प्रतिनिधि सभा बैठकको शून्य समयमा उनले न्यायिक आयोग गठन गरेर तत्काल आरक्षपीडितको समस्या समाधान गर्न माग गरेका हुन् ।
कञ्चनपुरको शुक्लाफाँटा वन्यजन्तु आरक्ष विस्तारका क्रममा किसानहरूको जग्गा सरकारले अधिग्रहण गरेको ४० वर्ष भइसकेको छ । ४० वर्षमा ३२ वटा आयोग गठन गरेर करोडौं रकम खर्च भइसक्दा पनि समस्या भने समाधान हुन सकेको छैन ।
‘वन्यजन्तुको वर्षायाममा चुरेसम्म विचरणको लागि करिडोर विस्तार गर्न सरकारले जग्गा लिएको हुनाले उक्त जग्गाको सट्टा भर्ना र राहतको व्यवस्था नगर्दा आज पनि धेरै किसानहरू रूखमुनि बास बसेका छन्,’ सांसद साउदले भने ।
उनले तत्कालीन वनमन्त्री महेश आचार्यको पालामा बनेको पूर्वन्यायाधीश ठाकुरप्रसाद शर्माको आयोगले आरक्ष पीडितको संख्या यकिन गरी राहतको लागि सडकदेखि दूरी हेरी १ देखि ५ कट्ठा जग्गा वा ५ लाख रकम उपलब्ध गराउने सिफारिस गरेको उल्लेख गरे । तर, उक्त जग्गा र राहत रकम कम भएकोले बढाउनुपर्ने माग राखेर आरक्षपीडितहरू आज पनि आन्दोलनमा रहेका सांसद साउदले सदनलाई जानकारी गराए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोयल च्यालेन्जर्स बैंग्लुरुविरुद्ध गुजरातको शानदार जित, बट्लरको विष्फोटक ब्याटिङ्
-
‘मिर्गी’ रोग पीडित बालिकाको उपचारका लागि ६८ लाखभन्दा बढी जुट्यो
-
१२ बजे, १२ समाचार : प्रधानमन्त्रीको थाइल्याण्ड भ्रमणदेखि तीनकुने घटनामा प्रहरीले चलाएको गोलीबारे जानकारीसम्म
-
लुम्बिनीमा उपकुलपतिहरुको अन्तरराष्ट्रिय सम्मेलन
-
भारतमा लडाकु विमान दुर्घटना
-
झापामा सवारी दुर्घटना, एक जनाको मृत्यु