फुटबल खेलाडीलाई टिकट बिक्रीको रकमसमेत थपेर नगद पुरस्कार
![फुटबल खेलाडीलाई टिकट बिक्रीको रकमसमेत थपेर नगद पुरस्कार](https://npcdn.ratopati.com/media/news/nepal-football_xoqNEmcOVQ.jpg)
काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले हालै घरेलु मैदानमा सम्पन्न साफ यू–२० च्याम्पियनसिप फुटबलमा उप–विजेता बनेको नेपाली टोलीका खेलाडीलाई टिकट बिक्रीबाट प्राप्त रकमसमेत थपेर पुरस्कार प्रदान गर्ने भएको छ ।
एन्फाको हालै सम्पन्न बोर्ड बैठकले उप–विजेता बन्न सफल टोलीका खेलाडीलाई जनही ५० हजार रुपैयाँ नगद पुरस्कार दिने निर्णय गरेको थियो । त्यो रकममा टिकट बिक्रीबाट संकलन भएको कुल रकमको २० प्रतिशत पनि थप गरेर खेलाडीलाई पुरस्कार प्रदान गरिने एन्फाले जनाएको छ ।
टिकट बिक्रीबाट प्राप्त रकमको २० प्रतिशत रकम जोड्दा उप–विजेता बन्ने टोलीका प्रत्येक खेलाडीले ६५ हजार ४० रुपैयाँ नगद पुरस्कार हात पार्नेछन् । अगस्त १८ देखि २८ तारिखसम्म सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न साफ यू–२० च्याम्पियनसिपको फाइनलमा नेपाली टोली बंगलादेशसँग पराजित भएको थियो ।
यसैगरी, उक्त प्रतियोगितामा नेपाली टोलीको प्रमुख प्रशिक्षकको भूमिकामा रहेका उर्जन श्रेष्ठलाई पनि ५० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने एन्फाले जनाएको छ । सहायक प्रशिक्षकको भूमिकामा रहेका सशेन्द्र धिमाल र राजुसिंह महर्जनले पनि जनही २५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् ।
टोलीका व्यवस्थापक रविन खड्का र फिजियोथेरापिष्ट अनिष बुढाथोकीले पनि जनही २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । उप–विजेता बनेको नेपाली टोलीका सदस्यलाई प्रदान गरिने कुल पुरस्कार राशि १६ लाख ४५ हजार नौ सय २० रुपैयाँ रहेको एन्फाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारले ल्याएको अध्यादेश पास हुन सक्ने स्थिति छैन: प्रचण्ड
-
जसपा नेपालको संसदीय दलको बैठक सिंहदरबारमा
-
माघमा गणेशको महिमा र स्तुति
-
दरबारमार्ग क्षेत्रको फुटपाथमा ग्रेनाइट लगाउँदै महानगर (तस्बिरहरू)
-
टीकापुरमा ‘भ्यालेन्टाइन–डे’का दिन गुलाफका १० हजार बिरुवा रोपिने
-
पुँजी वृद्धि प्रस्तावसहित एनआईशी एशिया बैंकको साधारणसभा आह्वान