०८४ को निर्वाचन एक्लै लड्नुपर्छ, सरकार बनाउन तालमेल हुनसक्छ : केपी ओली
_LT86lMy6i9.jpg)
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले ०८४ मा हुने निर्वाचनमा एमालेले कसैसँग गठबन्धन नगर्ने बताएका छन् ।
मंगलबार सुरु भएको पोलिटब्यूरो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले ०८४ को निर्वाचनमा एमालेले कसैसँग गठबन्धन नगर्ने प्रस्ट पारेका हुन् ।
‘नेकपा एमाले ०८४ को निर्वाचनमा कसैसँग गठबन्धन गर्दैन । एक्लै लड्छ । बरु त्यसपछि नतिजाका आधारमा सरकार बनाउन तालमेल गर्न सकिन्छ’, बैठकमा ओलीले गरेको ब्रिफिङ उधृत गर्दै एक पोलिटब्युरो सदस्यले रातोपाटीसँग भने,‘ त्यसका लागि शक्ति निर्माण गर्न आजैदेखि लाग्नुपर्छ ।’
अध्यक्ष ओलीले मिसन ०८४ को तयारी गर्न पनि नेताहरूलाई निर्देशन दिए ।
त्यसका लागि पार्टीका राजनीतिक सांगठानिक कामलाई चुस्त दुरुस्त बनाउन र कार्ययोजना बनाएर कार्यान्वयनमा लैजान सक्नुपर्ने ओलीको भनाइ थियो । ‘संगठनहरु चुस्त दुरुस्त हुनुपर्यो, प्रदेश कमिटीहरू राम्रोसँग चल्न सकेका छैनन्, माथिको आदेश कुरेर बसेर मात्रै हुँदैन’, ओलीले भने, ‘ग्राउण्डमा योजना बनाएर अघि बढ्नुपर्यो र बनेका योजनाहरू कार्यान्वयनमा लैजानुपर्यो ।’
बैठकमा महासचिव शंकर पोखरेलले पार्टीको वार्षिक कार्ययोजना पेस गरेका थिए । उक्त कार्ययोजनामाथि बुधबारको बैठकमा छलफल गरेर निर्णय गर्ने एमालेको तयारी छ । बैठकमा सरकारका कामकारबाहीबारे पनि ओलीले धारणा राखेका थिए ।
‘सरकार अहिले राम्ररी चलिरहेको छ । उद्देश्यअनुसार जनताका काम गरिरहेको छ’, ओलीले बैठकमा भनेका छन्, ‘जनतालाई केन्द्रबिन्दुमा राखेर सरकार र पार्टी दुवैले काम गर्नुपर्छ ।’
एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले प्रस्तुत कार्ययोजनामामाथि पोलिटब्युरो बुधबारको बैठकमा छलफल गरेर नेताहरूलाई जिम्मेवारीसहित देशैभर परिचालन गर्ने तयारी भएको बताए । प्रस्तावित कार्ययोजनामा सदस्यता विस्तार, प्रारम्भिक तहको वैचारिक कक्षा सञ्चालन र जनसरोकारका विषय पहिचानका बुँदा मुख्य रहेका छन् ।
एमालेले आगामी निर्वाचनमा १० लाख पार्टी सदस्य बनाउने घोषणा गरेको छ । सोही अनुसार पार्टी नेताहरूलाई जनताको घरघरमा पुग्नेगरी संगठन परिचालन गर्ने र उनीहरूका अपेक्षा बुझेर समस्या समाधान गर्ने पहल गर्ने बताउँदै आएको छ । त्यसका लागि पार्टीले देशभर वैचारिक कक्षा सञ्चालन गर्ने जनाएको छ । यसअघि एमाले केन्द्रीय कमिटी बैठकले केन्द्रीय तहका नेताहरूको कार्यविभाजन गरेको थियो । जस अन्तर्गत केन्द्रीय कमिटी सदस्यहरूलाई प्रतिनिधि सभा निर्वाचन क्षेत्र र प्रदेश सभा निर्वाचन क्षेत्र, प्रदेश कमिटीका नेताहरूलाई पालिका र पालिकाका नेतालाई वडाको जिम्मेवारी दिने निर्णय गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आजदेखि अनलाइन मार्फत ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेट प्रदान गरिँदै
-
धोनीको नामसँग जोडियो यो गजबको कीर्तिमान ! जितको श्रेय नुर अहमदलाई
-
सरकारी योजना बिक्रीबारे प्रदेश सभामा उठेको विषयले मधेस तरङ्गित
-
आन्दोलनरत शिक्षक अगुवाहरूसँग कांग्रेस महामन्त्रीद्वयको छलफल
-
‘सांसदहरूले कमिसनमा आफ्नो योजना बेचेका छन् भन्ने सुनेको छु’
-
‘सरकारले आफ्नो गल्ती ढाकाछोप गर्न सांसदमाथि आरोप लगाएको छ’