कंगोमा जेल फोरेर भाग्ने क्रममा १३० कैदीको मृत्यु
मङ्गलबार, १८ भदौ २०८१, १७ : १३
कंगो । अफ्रिकी महादेशको मध्यभागमा रहेको देश कंगोको मुख्य जेलबाट भाग्ने क्रममा १३० जना कैदीको मृत्यु भएको छ । यो घटना कंगोको सबैभन्दा ठूलो जेल माकालामा भएको हो ।
मृतकमध्ये अधिकांशको मृत्यु भागदौडका कारण भएको बताइएको छ । सोमबार बिहान किन्शासाको मकाला जेलबाट भाग्न खोजिरहेका २४ कैदीहरूलाई चेतावनी दिएपछि गोली हानिएको थियो ।
यसपछि कारागारमा भागदौडको अवस्था सिर्जना भएको कंगोका आन्तरिक मन्त्री ज्याकमिन शाबानीले माइक्रो ब्लगिङ वबेसाइट एक्समा भनेका छन् । मृतकको संख्या अझै बढ्न सक्ने बताइएको छ । यस घटनामा ५९ जना घाइतेलाई अस्पताल लगिएको बताइएको छ । यस घटनामा महिलाहरूको बलात्कार भएका पनि बताइएको छ ।