एक्स टिभी एप ल्याउने तयारीमा एलन मस्क

क्यालिफोर्निया । अमेरिकी माइक्रोब्लगिङ वेबसाइट एक्सले टिभी एप ल्याउने भएको छ। अहिले कम्पनीको टिभी एप बिटा परीक्षणमा छ ।
यो एप लन्च भएपछि स्मार्ट टिभीमा यसलाई हेर्न सकिनेछ । लामो समयदेखि कम्पनीले यो एपमा काम गरिरहेको थियो । टिभीको बिटा भर्सन एलजी, एमाजन फायर टिभी र गूगल टिभीमा प्रयोग गर्न सकिनेछ । अन्य डिभाइसका लागि पनि छिटै यसको अपडेट रिलिज गरिने बताइएको छ । कम्पनीका मालिक एलन मस्कले एक्स टिभीको लन्च मितिबारे केही जानकारी दिएका छैनन् ।
एक्स टिभी एपमार्फत टिभीमा माइक्रोब्लगिङ वेबसाइट एक्सलाई चलाउन सकिन्छ भन्ने सोचिरहनु भएको छ भने तपाईले गलत सोचिरहनु भएको छ । यो नयाँ भिडियो स्ट्रिमिङ सर्भिस हो । यसको आधिकारिक नाम एक्स–स्ट्रिम सर्भिस टिभी हुन सक्ने बताइएको छ ।
यसमा स्थानीय टिभी च्यानलबाहेक सबै खालको खेल, फिल्म र म्युजिक आदिलाई लाइभ हेर्न सकिने बताइएको छ । यसमा रि–प्लेको फिचर पनि हुनेछ । क्लाउड सर्भिस प्रयोग गरेर ७२ घण्टासम्म शोलाई क्लाउडमा सेभ गर्न सकिनेछ । यसमा सय घण्टाको डीभीआर रेकर्डिङ निःशुल्क पाइनेछ । तर यो टिभी चलाउन एक्स एकाउन्ट चाहिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षक र सञ्चारकर्मीमाथिको दमन निन्दनीय छ : माओवादी केन्द्र
-
शिक्षकहरूको शान्तिपूर्ण आन्दोलनमाथि सरकारले दमन गर्यो : क्रान्तिकारी कम्युनिस्ट पार्टी
-
तीन अर्ब सन्ताउन्न करोड बराबरको चिया निर्यात
-
भोजपुर गोल्डकप : भोजपुरलाई हराउँदै भारतको जर्जियन क्लब विजयी
-
पोखरा विश्वविद्यालयको रजिष्ट्रारमा सहप्राडा थापा
-
‘बौद्धदर्शनको प्रसारमा योगदान गर्ने व्यक्तित्वबारे अनुसन्धान गरिने’