कर्नाटकमा डेंगु महामारी घोषणा
मङ्गलबार, १८ भदौ २०८१, १६ : ५७

नयाँ दिल्ली । भारतको कर्नाटक राज्यले डेंगुलाई महामारीको रूपमा सूचीकृत गरेको छ । राज्यको स्वास्थ्य विभागको तथ्यांकअनुसार यस वर्षको जनवरीदेखि साउनसम्म ७ हजार ३६२ डेंगुका बिरामी फेला परेका छन् ।
डेंगुनियन्त्रणका लागि कार्ययोजना घोषणा गर्दै मुख्यमन्त्री सिद्धरामैयाले भने, ‘यो वर्ष अहिलेसम्म ७ हजार ३ सय ६२ जना डेंगुका बिरामी भेटिएका छन् । अहिलेसम्म सात जनाको मृत्यु भइसकेको छ । डेंगुका बिरामी भर्ना गर्न अस्पतालको प्रत्येक वडामा १० शय्या राख्न भनिएको छ । सुकुम्वासी बस्तीमा बस्नेलाई लामखुट्टेको जाली उपलब्ध गराइनेछ ।’
सरकारले अवस्थाको अनुगमन गरिरहेको र सबै विभागलाई निर्देशन दिइएको कर्नाटकका स्वास्थ्य मन्त्री दिनेश गुन्डु रावले बताए । ‘हामीले अवस्था हेरिरहेका छौँ । डेंगुको श्रोत कम गर्न हामीले सबै विभागलाई कडा निर्देशन दिएका छौँ,’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षक आन्दोलन : मंगलबार रातिको वार्तामा अर्थमन्त्री र गृहमन्त्री पनि सहभागी
-
आठ वर्षपछि दिल्लीको मैदानमा कोलकाताको पहिलो जित, नरेनको अलराउण्ड प्रदर्शनले लियो हारको वदला
-
आफुहरुको माग सम्बोधन हुनेमा शिक्षक महासंघ विश्वस्त, १२ को परीक्षाबारे गम्भीर, आन्दोलन जारी रहने
-
१२ बजे, १२ समाचार : सरकार र शिक्षकबीचको वार्ता निष्कर्षविहीनदेखि कजरिया टायल्सको कारोबार रोक्कासम्म
-
सरकार र शिक्षकबिचको वार्ता निष्कर्षविहीन
-
१० बजे १० समाचार : शिक्षकको आन्दोलन र वार्ता सँगसँगै, कलाकारमाथि डिजिटल हिंसा