महिला भलिबल फ्रेन्चाइज लिगको मुख्य प्रायोजकमा वात्सल्य
मङ्गलबार, १८ भदौ २०८१, १६ : ४८

काठमाडौं । फ्रेन्चाइज प्रतियोगिता एभरेस्ट महिला भलिबल लिग (एडब्ल्युभिएल) को पहिलो संस्करणलाई मुख्य प्रायोजकमा वात्सल्य नेचुरल आइभिएफ रहने भएको छ ।
पहिलो संस्करणका लागि वात्सल्यका प्रबन्धनिर्देशक प्रशान्त सुवेदी र आयोजक इन्फिनिटी ड्रिम्स प्रालिका सिइओ स्नेभी चापागाईँले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
प्रतियोगिता असोज १४ देखि १९ सम्म त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुनेछ ।
प्रतियोगिताका लागि मधेश युनाइटेड युनाइटेड, काठमाडौं, चितवन शक्ति, ललितपुर क्विन्स, गण्डकी थन्डर्स र टिम कर्णालीले प्रतियोगितामा सहभागिता जनाउनेछन् ।
सहभागी टिमले आफ्ना मार्की खेलाडी पनि घोषणा गरिसकेका छन् ।
प्रतियोगिताका लागि सबै फ्रेन्चाइज टिमले तीन जनाका दरले विदेशी खेलाडी अनुबन्ध गर्न पाउनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चमत्कारी उपदेशक
-
काश्मिरमा शक्तिशाली भूकम्प, दिल्लीसम्म झड्का
-
इरान र अमेरिकाबिच आणविक विषयमा दोस्रो चरणको उच्चस्तरीय वार्ता रोममा सुरु हुँदै
-
हेड टु हेडमा अघि तर लय गुमाएको राजस्थान र लखनउबिच भिडन्त
-
एउटा खुट्टै काटेर भएपनि एनआरएन जोगाउनुपर्छ : अभियन्ता शर्मा
-
नदीमा ढल मिसाउने अवस्थाको अन्त्य गर्न जरुरी छ : उपप्रधानमन्त्री सिंह