सांसदहरूले उठाएका प्रश्नमा सरकार गम्भीर भएन : सांसद गौतम
मङ्गलबार, १८ भदौ २०८१, १६ : ०६

काठमाडौँ । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले सांसदहरूले उठाएका प्रश्नमा सरकार गम्भीर नबनेको बताएका छन् । मंगलबारको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।
सांसद गौतमले राष्ट्रिय सभामा गम्भीरतापूर्वक उठेका विषयहरूका बारेमा सरकारले आवश्यक ध्यान दिनुपर्ने बताए । उनले प्रधानमन्त्रीले आफूलाई समय नदिएको भन्दै समय मिलाएर बोलाए छलफल गर्ने बताए । उनले जनता रोइरहेको, बरबादी भएको कुरा सरकारले नसुनेको बताए ।
उनले भने, ‘सरकारले सुनेन, सरकार बहिरो भएको छ । कान थुनेर बसेको छ । जनता रोइरहेको उसलाई मतलब छैन । जनता बरबाद भइरहेको उसलाई मतलब छैन । सरकारले ध्यान दिएर काम गर्नुपर्छ ।’
सांसद गौतमले सडक दुर्घटना न्यूनीकरणका लागि आवश्यक पहल थाल्न सरकारसँग आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
-
श्रमिकका अधिकार सुनिश्चित गर्ने मन्त्री भण्डारीको प्रतिबद्धता
-
धनगढीको डिपो गोदावरीमा सार्ने विषय रद्द, अन्त सार्ने कुरा कता हरायो ?
-
मर्यादित श्रमको वातावरण निर्माण गरी उत्पादन र उत्पादकत्व अभिवृद्धि गर्नुपर्छ : राष्ट्रपति
-
कांग्रेसले नै पहिलोपल्ट सामाजिक न्यायसहित उदार अर्थव्यवस्थाको नीति लिएको थियो : सभापति देउवा
-
मुलुकको विकास र समृद्धिमा श्रमिकहरूको योगदान अतुलनीय छ : उपराष्ट्रपति यादव