अव्यवस्थित पार्किङले महाबौद्ध क्षेत्र अस्तव्यस्त, तस्बिरमा हेर्नुहोस्
मङ्गलबार, १८ भदौ २०८१, १५ : ४२

काठमाडौँ । राजधानीको प्रमुख व्यापारिक केन्द्र महाबौद्ध क्षेत्र अव्यवस्थित पार्किङका कारण अस्तव्यस्त बनेको छ ।
महानगरपालिकाको निर्णय अनुसार सो क्षेत्रको सशुल्क पार्किङ हटाइएपछि अहिले झन् भद्रगोल भएको हो । विभिन्न सामान किन्न आउने सर्वसाधारणले जथाभाबी पार्किङ गर्नाले र सामान ढुवानी गर्ने गाडी र ट्याक्सी पार्किङ गर्नाले सो क्षेत्र हिँड्नको लागि पनि असहज भएको स्थानीयको गुनासो छ ।
त्यसका साथै ट्राफिक प्रहरीले महाबौद्ध क्षेत्रमा सही तरिकाले ड्युटी नगर्नाले पनि जथाभाबी पार्किङ बढेको त्यहाँका व्यापारीले बताएका छन् । आक्कल झुक्कल महानगर प्रहरीले पार्किङ हटाउन खोजेको देखिएपनि प्रभावकारी नरहेकाे बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : आइतबार फेरि राप्रपाको प्रदर्शनदेखि नेपाल बारको नयाँ कार्यसमितिलाई जिम्मेवारी हस्तान्तरणसम्म
-
बार एसोसिएसनको नवनिर्वाचित कार्यसमितिलाई जिम्मेवारी हस्तान्तरण
-
राप्रपाका ७ नेतालाई निर्मल निवास बोलाएर ज्ञानेन्द्रले गरे ‘लन्च मिटिङ’
-
विद्यालयका प्रधानाध्यापक मृत भेटिए
-
विद्यालय बन्द गरेर विद्यार्थीको भविष्य अन्धकारमा धकेल्ने काम उचित होइन : महासचिव पोखरेल
-
सिराहामा नालामा डुबेर एक बालिकाको मृत्यु