सडक तथा खोला मापदण्ड पीडित संघर्ष समितिले बुझायो ललितपुर महानगरकी उपप्रमुख शाक्यलाई ध्यानाकर्षणपत्र
मङ्गलबार, १८ भदौ २०८१, १५ : ४४

काठमाडौँ । गैरन्यायिक सडक तथा खोला मापदण्ड पीडित संघर्ष समितिले ललितपुर महानगरपालिकाकी उपप्रमुख अञ्जली शाक्यलाई ध्यानाकर्षणपत्र बुझाएको छ । मंगलबार समितिले ललितपुर महानगर पुगेर उपप्रमुख शाक्यलाई ध्यानाकर्षणपत्र बुझाएको हो ।
समितिले उपत्यकाका मुलवासी, आदिवासी रैथाने जनतालाई उठीबास गराउने गरी सर्वोच्च अदालतको डिभिजन बेन्चद्वारा गरिएको निर्णयविरुद्ध बैठक र संघर्षको कार्यक्रम जारी राखेको छ ।
यसअघि भदौ १६ गते काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र उपमेयर सुनिता डंगोलले ध्यानाकर्षणपत्र बुझेका थिएनन् ।
तर मंगलबार ललितपुर महानगरपालिकाका मेयर अनुपस्थित रहे पनि उपमेयर अञ्जली शाक्यले ध्यानाकर्षण पत्र बुझेपछि पीडितहरू हर्षित भएका छन् ।
उपमेयर शाक्यले जनतालाई उठीबास गराउने गरी हतार–हतारमा ललितपुर महानगरले कुनै सूचना जारी नगर्ने बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्यानेडियन प्रतिद्वन्द्वीसँग स्तब्ध बन्दै उपाधि होडबाट बाहिरियो मेस्सी आबद्ध इन्टर मियामी
-
श्रमिकको सामाजिक सुरक्षा सुनिश्चित हुनुपर्छ : पूर्वराष्ट्रपति भण्डारी
-
कोशी प्रदेश : लगानी सम्मेलन आज उद्घाटन हुँदै
-
भारतको हवाई क्षेत्र पाकिस्तानी विमानका लागि बन्द
-
अमेरिका र युक्रेनबिच प्राकृतिक स्रोतसम्बन्धी सम्झौतामा हस्ताक्षर
-
प्रतिष्ठाको लडाइँमा रहेको राजस्थानलाई हराउँदै पहिलो स्थानमा उक्लने धुनमा मुम्बई