सांसद मोदीको माग– प्रचण्ड राम जस्तै शान्तिको जनक हो‚ नोबेल पुरस्कार दिनुपर्छ

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका सांसद अमनलाल मोदीले पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई नोबेल शान्ति पुरस्कार दिइनुपर्ने माग गरेका छन् ।
मंगलबारको प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै उनले प्रचण्ड नेपालको लोकतान्त्रिक गणतन्त्र‚ समावेशी समानुपातिक व्यवस्थाका लागि भगवान् रामजस्तै लडेकाले राम सरह जनक भनिनुपर्ने पनि माग गरेका हुन् ।
‘प्रचण्ड नागरिकको पक्षमा समावेशी, लोकतन्त्र र समानुपातिक व्यवस्थाका लागि लड्नुभयो । राम जस्तै उहाँलाई जनक भनिनु पर्छ‚’ उनले भने‚‘शान्तिको अथक प्रयास गर्नुभएकाले नोबेल पुरस्कार दिनुपर्छ ।’
उनले एमालेले माओवादी जनयुद्धलाई हिंसा भनेकोमा आपत्ति जनाए । साथै यो देशमा एकीकरणको समय पृथ्वीनारायण शाहले कीर्तिपुर कब्जा गर्दा धेरै मानिस मरेको भन्दै उनले त्यो हत्या हो कि होइन जवाफ दिनुपर्ने धारणा राखे ।
सांसद मोदीले जनताको पक्षमा काम गरेका नेपाल विद्युत् प्राधिकरण प्रमुख कुलमान घिसिङलाई राज्यको सम्पत्ति उठाउँदा केही राजनीतिक दलको संरक्षकहरूले हटाउन ठुलो दबाब दिएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय सुरक्षाका लागि सक्षम जनशक्ति आजको आवश्यकता : प्रधानमन्त्री
-
हाम्रो पात्रोको नयाँ अपडेट सार्वजनिक
-
दुर्गा प्रसाईंले भने– म आत्तिएको छैन, यो तस्करविरुद्धको लडाइँ हो (भिडियो)
-
तीनकुने घटनामा नेकपा एसको गुनासो : हाम्रो पार्टी कार्यालयमाथि आक्रमण हुँदा राज्यले सुरक्षामा विभेद गर्यो
-
विमान अवतरण गराउनासाथ पाइलटको मृत्यु
-
भारतका कृषि तथा किसान कल्याण मन्त्री चौहानद्वारा चन्द्रागिरिको भ्रमण