सांसद भण्डारीको प्रश्न– यो देशमा सानाका कुरा सुन्नु पर्दैन ?

काठमाडौँ । नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीले जनताबाट अनुमोदित भएर आएका सांसदहरूले आफ्नो अधिकार सीमित नेतालाई दिएपछि देश कसरी समृद्ध हुन्छ भन्दै प्रश्न गरेका छन् ।
मंगलबारको प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै उनले नेतालाई अधिकार माग्दा हात खुट्टा जोड्दा पनि अधिकार नपाएपछि मुलुक कसरी विकसित हुन्छ भन्दै प्रश्न गरे ।
सांसद भण्डारीले साना काम गर्ने हो भने जनताले ठुला सुविधा प्राप्त गर्ने बताए । सरकारले जनताको हितका लागि कुनै पनि निर्णय गर्न नसकेको उनले बताए ।
अहिले पनि निर्माण व्यवसायीलाई २० अर्ब पैसा तिर्नुपर्ने र ६ खर्बका योजना विना रकमको भएको उनले बताए ।
‘७ खर्ब भन्दा बढी पैसा बैंकमा छ । सरकारले निर्माण व्यवसायीलाई पैसा दियो भने अहिले पनि बजारमा पैसा आउन सक्छ । मुलुकमा समृद्धि आउन सक्छ‚’ उनले भने ।
सांसद भण्डारीले यो देशमा सानाका कुरा सुन्न नपर्ने भन्दै प्रश्न समेत गरे । ‘टेलिफोनको विल‚ विद्युत्को बिल तिर्न नसकेर लाइन काटिएकाको कुरा सुन्न नसक्नेको कुरा नसुन्ने । सामान्य औषधी गर्न नसकेर मृत्यु भएकाहरूको कुरा सुन्न नसक्ने अनि अहिले पनि हामी एनसेलको विषयमा मात्र लागिरहेन‚’ उनले प्रश्न गरे ।
सांसद भण्डारीले नेपालको अन्तर्राष्ट्रिय हवाई उडान गर्ने ४ वटा विमान ग्राउण्डेट भएको र त्यसको लस बढिरहेको भन्दै एनसेलको कुरा झिक्दै भने‚‘कहिले ६५ खर्ब तिरेन । कहिले विद्युत्को पैसा तिरेन । यो के नाटक हुँदैछ । सरकारले यसको जवाफ दिनुपर्छ ।’
उनले एनसेलले पैसा तिर्नुपर्ने भन्दै सरकारले यसको जवाफ दिनुपर्ने बताए । उनले सीमित व्यक्तिलाई ब्रम्हलुट गर्न देशमा छुट हुँदै गएको बताए । सरकारले भाषण नभएर देशको विकास गर्न काम गर्न सरकारलाई अनुरोध गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई जना प्रहरी नायव उपरीक्षक प्रहरी उपरीक्षक पदमा बढुवा सिफारिस
-
चीनको हरियाली अभियान : ४४ लाख ५० हजार हेक्टर वन वृक्षारोपण
-
१० बजे १० समाचार : सदनमा लफडा, क्याम्पसमा तोडफोड
-
राज्यको अगुवाइमा निजी क्षेत्रको विकास गर्नुपर्छ : अध्यक्ष भट्टराई
-
एमाले निकट विद्यार्थी संगठनद्वारा सुर्खेत बहुमुखी क्याम्पसमा तोडफोड, निर्वाचन स्थगित
-
ललितपुर महानगर र रसियाको उलान उदे सहरबीच भगिनीसम्बन्ध कायम