सांसद झाले सोधे– मन्त्रीले जिब्रो थुतिदिन्छु भन्छन् भने कहाँको वाक स्वतन्त्रता ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् ।
मंगलबारको प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै उनले सरकारका प्रवक्ता समेत रहेका मन्त्रीले प्रहरी संगठनका प्रमुखले बोल्दा जिब्रो थुतिदिन्छु भन्दा कहाँको वाक स्वतन्त्रता हुन्छ भनी प्रश्न गरे । उनले लोकतन्त्रको पाँचवटा आधारभूत सिद्धान्तमध्ये पहिलो फ्रिडम अफ एक्सप्रेसन भएको उल्लेख गरे ।
‘प्रहरी संगठनका प्रमुखले संगठनिक चुनौती अभिव्यक्त गर्नुभयो भने सरकारका प्रवक्ता र मन्त्रीले जिब्रो थुतिदिन्छु भनेर भन्छन् भने कहाँको वाक स्वतन्त्रता र कहाँको लोकतन्त्र हो ?,’ उनको प्रश्न थियो ।
सांसद झाले एमालेका अग्रज नेताले रास्वपालाई सभ्यता सिकाउनुभन्दा पहिले आफ्ना मन्त्रीलाई सभ्यता सिकाउन सुझाव दिए ।
‘हामीले त्यही दलका पाको अग्रजहरूले सभ्यता सिकाउनुहुन्छ भने अनुरोध छ । आफ्नै मन्त्रिपरिषद्को मन्त्रीलाई पहिला सिकाउनुस्,’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पश्चिमी र स्थानीय वायुको प्रभाव : यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना
-
मार्क कार्नी क्यानाडाको प्रधानमन्त्री चुनिए, ट्रम्पलाई दिए कडा जवाफ
-
इटालियन सिरी’ए : एटलान्टाको फराकिलो जित, युभेन्ट्स हार्यो
-
केबलकार निर्माणको विवादकाबीच धमाधम शौचालय निर्माण
-
महिलाले निरन्तर हाँक्दै सामुदायिक वन
-
ला लिगामा रियाल मड्रिड विजयी, बार्सिलोनासँग अंंक बराबर