बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

एनसेलबारे मन्त्रिपरिषद्को निर्णयमा साहको आपत्ति

मङ्गलबार, १८ भदौ २०८१, १४ : २२
मङ्गलबार, १८ भदौ २०८१

काठमाडौँ । आम जनता पार्टी (आजपा) सांसद प्रभु साहले एनसेललाई किस्ताबन्दीमा राजश्व तिर्ने गरी नवीकरण गर्ने मन्त्रिपरिषद् बैठकको निर्णयमा आपत्ति जनाएका छन् । 

मंगलबारको प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै उनले करदाता कार्यालयले तोकेको राजश्व नलिईकन किस्ताबन्दीमा राजश्व लिने गरी नवीकरण गर्ने निर्णयमा आपत्ति जनाएका हुन् । 

‘यो अर्बौ राजश्व हिनामिना हुने गरी सरकारले के आधार र कुन कानुनमा टेकेर नवीकरण गरियो । प्रधानमन्त्रीको एनसेलसँग के कनेक्सन हो छ‚’ उनले प्रश्न गरे । 

सांसद साहले कानुन सबैलाई किन समान हुँदैन भन्ने प्रश्न गरे । उनले आम जनताले आफ्नो संस्था नवीकरण गर्दा एनसेल जस्तै राजश्व छुट पाउँछ कि पाउँदैन भनेर प्रश्न गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप