बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

सांसद पौडेलको प्रश्न : मानवीय गल्ती भनेर विद्यार्थीको भविष्य धरापमा पार्न पाइन्छ ?

मङ्गलबार, १८ भदौ २०८१, १४ : ००
मङ्गलबार, १८ भदौ २०८१

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का सांसद देवेन्द्र पौडेलले चिकित्सा शिक्षा आयोगले एमबिबिएस परीक्षाको नतिजा किन रोल नम्बरको आधारमा कायम गरेको भनी प्रश्न गरेका छन् । 

मंगलबारको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै उनले उच्च शिक्षालाई सुधार गर्नुपर्ने चर्चा चलेका बेलामा गम्भीर गल्ती भएको बताए ।  

‘चिकित्सा शिक्षा आयोगले १ भदौ लिएको एमबिबिएस प्रवेश परीक्षाको नतिजा १४ भदौमा सार्वजनिक गर्‍यो । समान अङ्क प्राप्त गर्ने विद्यार्थीको योग्यता क्रम टाइब्रेकको आधारमा कायम गर्नुपर्ने कायम गर्नुपर्ने किन रोल नम्बरको आधारमा भयो ?,’ उनको प्रश्न थियो । 

उनले चिकित्सा शिक्षा आयोग कार्यकारी समितिले र परीक्षा समितिले गम्भीर गल्ती गरेको बताए । यसमा आयोगले फेरि मानवीय गल्ती भएको भनी विज्ञप्ति निकालेकोप्रति उनले आपत्ति जनाए । 

‘मानवीय गल्ती भनेर विद्यार्थीको भविष्य धरापमा पार्न पाइन्छ ?,’ उनले प्रश्न गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप