संविधान दिवस तीन दिन मनाइने, राष्ट्रिय झन्डा घरमा सजाउनेदेखि दीपावलीसम्मका कार्यक्रम
_Mw9zMF1PhV.jpg)
काठमाडौँ । सरकारले तीन दिनसम्म संविधान दिवस मनाउने भएको छ। संविधान दिवस मूल समारोह समितिका अनुसार यसका लागि मन्त्रालयदेखि तीनै तहका सरकारलाई अनुमोदिन कार्यक्रमसहित निर्देशन पठाइएको छ।
जसअनुसार असोज २, ३ र ४ गते विविध कार्यक्रमसहित दिवस मनाइनेछ ।
असोज २ गतेका लागि ८ वटा कार्यक्रम तय गरिएको छ। जसअनुसार सार्वजनिक सञ्चारमाध्यमले लेख रचना प्रकाशन गर्नेदेखि सरकारी र गैरसरकारी कार्यालयमा दीप प्रज्वलनको कार्यक्रम राखिएको छ।
त्यस्तै असोज ३ गतेका लागि १२ वटा कार्यक्रम तय भएको छ। जसमा सार्वजनिक सञ्चार माध्यममा राष्ट्रिय झन्डा फहराउनेदेखि आम नागरिकलाई घरमा राष्ट्रिय झन्डा फहराउने र साँझ दीपावली गर्ने भनिएको छ।
यसैगरी असोज ४ गते विदेशस्थित नेपाली राजदूतावास, कूटनीतिक नियोग,प्रदेश ,जिल्ला र स्थानीय तहबाट विविध कार्यक्रम गरिने सरकारको परिपत्रमा उल्लेख छ। २०७२ असोज २ मा संविधानसभाबाट संविधान बनेको खुसीयालीमा दिवस मनाइँदै आएको छ ।
यस्ता छन् संविधान दिवसका कार्यक्रम
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
जर्मनीमा हार व्यहोरेर पनि बार्सिलोना च्याम्पियन्स लिगको सेमीफाइनलमा
यस्तो छ आज विदेशी मुद्राको दरभाउ, कसको मूल्य कति ?
सुनसरी गोली प्रहार घटनामा संलग्न तीन जना पक्राउ
१२ बजे, १२ समाचार : शिक्षकलाई विद्यालय फर्कन सरकारको आह्वानदेखि संसदको बजेट अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिससम्म
मकालु हिमाल आरोहण गर्ने कान्छी आरोहि शेर्पा सम्मानित
मन्त्रिपरिषद्को आह्वानपछि शिक्षक महासंघले के भन्यो ?