लोसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले पार्टीको महाधिवेशनको टुङ्गो लगाउन भदौ १९ र २० गते काठमाडौँमा केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान गरेको छ ।
आगामी वैशाखमा महाधिवेशनको तयारी थालेको पार्टीले स्थान र तिथि तोकेर आवश्यक कार्यक्रम सञ्चालन गर्न बैठक भोलि बोलाएको हो । वडा, गाउँ, क्षेत्र तथा केन्द्रसम्म सङ्गठन सुदृढीकरणसम्बधी कार्यक्रम निर्माण गरिने बैठकमा पार्टी सञ्चालनका लागि आर्थिक नियमावली संशोधन गरिने पार्टीका सचिव प्रतिक पाठकले जानकारी दिए ।
संविधान संशोधनका विषयमा पार्टीले तय गर्ने एजेण्डामा समेत छलफल गरी सुझाव सङ्कलन गरिने बैठकमा समान विचारधारा भएका राजनीतिक दल तथा समूहसँगको सहकार्य एवं एकता गर्ने विषयमा छलफल गरिने छ ।
बैठकमा नेताहरूले दिएका सुझावका आधारमा साझा दृष्टिकोण बनाएर आगामी केन्द्रीय कमिटी बैठकबाट पारित गरिने जनाइएको छ । आसन्न मङ्सिरमा हुने स्थानीय तह उपनिर्वाचनका लागि आवश्यक तयारी तथा उपनिर्वाचन हुने तहमा पार्टीको अवस्था र वस्तुस्थितिबारे सम्बन्धित नेताले केन्द्रलाई जानकारी गराउने बैठकमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवस्थाबारे समीक्षा गरिने जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चेल्सीका युवा मिडफिल्डर एन्जोलाई भित्र्याउने योजनामा रियल म्याड्रिड
-
सविन महर्जनलाई एउटा गोली लागेको पोस्टमार्टम रिपोर्ट
-
प्रदेश तथा स्थानीय तहलाई उपलब्ध गराउने राजस्व बाँडफाँटको विस्तृत आधार र ढाँचा स्वीकृत
-
सहमति कार्यान्वयन नभए संसद चल्दैनः माओवादी केन्द्र
-
आवासीय चिकित्सकहरूद्वारा पुनः आन्दोलनको चेतावनी
-
लोकप्रिय हुने प्रवृतिबाट बाहिर निस्कन जरुरी छ : अर्थमन्त्री पौडेल