पूजालाई समीक्षाको प्रश्न : यसरी फिल्म चलाउन खोज्नु सही हो र ?

काठमाडौँ । गायिका समीक्षा अधिकारीले आफूलाई पीडा नदिन अभिनेत्री पूजा शर्मालाई चेतावनी दिएकी छन् । पूजाले अभिनेता पल शाहसँगैको एक पोडकाष्ट कुराकानीमा समीक्षा लक्षित अभिव्यक्ति दिएकी थिइन् ।
सामाजिक सञ्जालमा एक पोस्ट समीक्षाले 'आफैँ पनि छोरी भएर एउटा १४ वर्षकी कान्छी बहिनी बराबरलाई प्रहार गर्नु राम्रो हो र ?' भन्दै पूजालाई प्रश्न गरेकी छन् ।
‘अदालत नै पोडकाष्टहरु हुन् भने, न्यायाधीश नै यी र यस्ता कलाकारहरू हुन् भने उतिबेला यतैबाट फैसला गरिदिएको भएपनि हुन्थ्यो नि,’, उनले अगाडि भनेकी छन् ‘सत्य के हो ? कि उसलाई थाहा छ, कि मलाई थाहा छ । कि त भगवानलाई थाहा छ ।’
‘के सही ? के गलत ? छुट्याउन नसक्ने उमेरमा पनि मैले त मायाको तराजुमा आफूलाई जोख्न तयार भएँ र माफी दिएर साबित गरिदिएँ’, उनले भनेकी छन्, ‘सानालाई माया र ठुलालाई सम्मान गर्ने संस्कार सिकेर आएकी हुँ । हिजो ‘तिमि मेरो बहिनी’ भनेर आउनुभयो, मैले दिदी भनेँ, माने । अहिले पनि मानेकी छु । मान्छु, तर यसरी पिडा नदिनुस् प्लिज ।’
आफ्नो विषय बाहिर ल्याएर पूजाले फिल्म चलाउन खोजेको आरोप समेत समीक्षाले लगाएकी छन् ।
पूजाले पोडकाष्ट कुराकानीमा ‘पललाई कानुनले बेकसुर प्रमाणित गरेको र कसैले बोलिरहन जरुरी छैन’ भन्ने आशयको अभिव्यक्ति दिएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाकिस्तानद्वारा भारतसामु जितका लागि २ सय ४२ रनको लक्ष्य प्रस्तुत
-
एचएमडी क्रेस्ट फाइभजी स्मार्टफोन नेपाली बजारमा
-
कालिञ्चोक दर्शनको हकप्रद शेयरको बिक्री प्रबन्धकमा एसबीआई मर्चेण्ट
-
एभरेष्ट बैंकको फिदिम र फुङ्लिङमा नयाँ शाखा
-
निर्माण व्यवसायीमाथि आक्रमण गर्नेलाई कारबाही गर्न महासंघको माग
-
नेपालमा शङ्कास्पद गतिविधि संलग्न ७ जना बंगलादेशी नागरिक पक्राउ