महिला फुटबल टोलीकी कप्तान अञ्जिलाले युरोपियन लिग खेल्ने

काठमाडौँ । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान तथा गोलकिपर अञ्जिला तुम्बाप्पो सुब्बाले युरोपियन लिग खेल्ने भएकी छिन् ।
अञ्जिलालाई ग्रिस महिला ‘ए’ लिग क्लबको निस अट्रोमिटौले सिजन २०२४/ ०२५ को लागि सम्झौता गरेको हो । सम्झौता रकम भने गोप्य राखिएको छ ।
अञ्जिलाले युरोपियन क्लबबाट खेल्न पाउँदा खुसी लागेको बताएकी छिन् । ‘पहिलो पटक युरोपियन लिग खेल्न पाउँदा खुसी छु ’ अञ्जिलाले भनिन्, ‘हरेक खेलाडीको सपना युरोपमा खेल्ने हुन्छ । दुई वर्षदेखि लगातार प्रयासमा थिए । अहिले त्यो पूरा हुने भएको छ । लिग खेल्ने उत्साहित छु ।’
विभागीय टोली एपीएफ क्लबमा आबद्ध अञ्जिला युरोपको लिग खेल्ने दोस्रो खेलाडी बनेकी छिन् ।
अञ्जिला अगाडि स्ट्राइकर सावित्रा भण्डारीले युरोपमा खेलेकी छन् । इजरायली लिगको अनुभव लिइसकेकी सावित्रा हाल फ्रेन्च लिगमा आबद्ध छिन् ।
निस अट्रोमिटौ पछिल्लो सिजन २६ खेल खेल्दा ९ जित, ६ बराबर र ११ हारको नतिजासहित नवौँ स्थानमा थियो ।
यसअघि अञ्जिलाले भारतीय र पाकिस्तानी लिग खेलेकी थिइन् । उनले भारत सेथु एफसीमा दुई र पाकिस्तानको मासा युनाइटेमा एक सिजन बताइन् । अञ्जिला दुवै टोलीको कप्तान थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्यालय शिक्षा विधेयकका २७ दफामा सहमति
-
गलत बुझाइले बिआरआईबाट नेपालले फाइदा लिन सकेनः सुजाता कोइराला
-
शिक्षामन्त्रीलाई अखिल क्रान्तिकारीले बुझायो ३८ बुँदे मागपत्र
-
जस बहादुर याक्खाको निर्देशनमा ‘हेलो हाई नमस्कार’ सार्वजनिक
-
काठमाडौँमा वायु प्रदूषणको अवस्था गम्भीर बन्दै, नियन्त्रणका लागि भएन पहल
-
स्थानीय ‘सम्पदा’ संरक्षणमा जुटे घरपझोङका युवा