पूर्वआईजीपीहरुले भने– सञ्चारमन्त्री गुरुङले आईजीपीसँग माफी माग्नुपर्छ

काठमाडौँ । नेपाल प्रहरीका पूर्वआईजीपीहरुको सङ्गठन ‘पूर्व प्रहरी सङ्गठन प्रमुख मञ्च’ले सञ्चार मन्त्री पृथ्वीसुब्बा गुरुङले माफी माग्नुपर्ने बताएका छन् ।
सञ्चारमन्त्रीले ‘प्रहरी महानिरीक्षक (आईजीपी)को जिब्रो थुत्नुपर्ने’ भनेर अभिव्यक्ति स्वतन्त्रताको बर्खिलापको कार्य गरेको निष्कर्ष निकाल्दै मञ्चले यस्तो धारणा बाहिर ल्याएको हो । मञ्चले निकालेको विज्ञप्तिमा भनिएको छ, ‘यस मञ्च माननीय मन्त्रीज्यूलाई तत्काल उक्त बचन फिर्ता लिएर नेपाल प्रहरी सङ्गठन र प्रहरी महानिरीक्षकसँग क्षमायाचना गर्नु हुन र आगामी दिनमा सुरक्षा निकाय उपर टिप्पणी गर्नु पूर्व थप सचेत रहन आग्रह गर्दछ ।’
पूर्वआईजीपी मञ्चले प्रधानमन्त्रीसँग त्यसबारे आवश्यक कदम चाल्न अनुरोध पनि गरेको छ । त्यस्तै मञ्चले सङ्गठन प्रमुख र सुरक्षाकर्मीहरूलाई अविचलित रहन आग्रह गरेको पूर्वआईजीपी धिरज प्रताप सिंहले रातोपाटीलाई बताए ।
भदौ १५ मा सञ्चार मन्त्रीले पोखरामा आईजीपीविरुद्ध अशोभनीय अभिव्यक्ति दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाली समाज भारतको नवौँ राष्ट्रिय सम्मेलन सम्पन्न
-
बसाइँ सरेको १८ वर्षपछि वेदबहादुर पुन: आफ्नै गाउँ फर्किए
-
बालुवाटारमा प्रधानमन्त्री र आन्दोलनरत शिक्षकबीच वार्ता
-
अभिनेत्री नीति शाहले गरिन् कानूनी विवाह
-
के आधारमा लिङ्देन उपसमितिले दियो पोखरा एयरपोर्टमा भ्रष्टाचार भएको प्रतिवेदन ?
-
कर्णाली रोजगार कार्यक्रमको कार्यविधि २०८१ स्वीकृत