ह्याविट्याट पावर कम्पनीको साधारण सेयरको निष्कासन हुँदै

काठमाडौँ । सिंगटी हाइड्रो इनर्जी प्रमुख प्रवर्द्धक रहेको ह्याविट्याट पावर कम्पनी लिमिटेडले साधारण सेयर जारी गर्ने भएको छ ।
आफ्नो जारी पुँजी रु. ५५ करोडको २० प्रतिशत अर्थात् रु.१०० अङ्कित दरको ११,००,००० कित्ता शेयर सर्वसाधारणहरूमा जारी गर्न लागिएको कम्पनीले जनाएको छ ।
त्यसकालागि मुक्तिनाथ क्यापिटललाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरिएको छ ।
जसअनुसार कम्पनीले जारी पुँजीको १० प्रतिशत अर्थात् ५,५०,००० कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूको लागि र बाँकी १० प्रतिशत अर्थात् ५,५०,००० कित्ता साधारण शेयर सर्वसाधारणहरूलाई जारी गर्ने जनाएको छ ।
शेयर निष्कासन सम्बन्धी सम्झौता पत्रमा ह्याविट्याट पावर कम्पनीको तर्फबाट कार्यकारी अध्यक्ष वटु लामिछाने तथा मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कवीन्द्र ध्वज जोशीले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नारायणको बार आज कसलाई कति फलदायी ? हेर्नुहोस् राशिफल
-
बंगालको खाडीबाट जलवास्पयुक्त हावा भित्रियो, यी प्रदेशमा वर्षाको सम्भावना
-
स्वास्थ्य बीमा अन्तर्गत झापा सबैभन्दा धेरै बीमित भएको जिल्ला
-
च्याम्पियन्स लिग सेमीफाइनल पहिलो लेगमा आर्सनल विजयी, रियाल मड्रिड ३-० ले स्तब्ध
-
कति पुग्यो अमेरिकी डलर, युरो, पाउण्ड र युआन, दिराम, दिनार र रियालको मूल्य ?
-
पोखरामा सवा अर्ब लगानीमा बुटिक होटल