परराष्ट्रमन्त्रीलाई प्रश्न : हवाई रुटबारे भारतसँग के कुरा भयो ?

काठमाडौँ । रास्वपाका सांसद शिशिर खनालले परराष्ट्रमन्त्री आरजु राणा देउवासँग भैरहवा र पोखराको अन्तर्राष्ट्रिय विमानस्थल कहिले सञ्चालन हुन्छ भन्दै प्रश्न गरेका छन् । साथै, उनले ती विमानस्थल सञ्चालन गर्न भारतले हवाई रुट दिन नमानेको प्रसङ्ग उठाउँदै हवाई रूटबारे मन्त्रीको भारत भ्रमणमा के छलफल भयो ? भनेर सोधेका छन् ।
‘सीमासँग सम्बन्धित मुद्दा छन्, बोर्डर वर्किङ ग्रुपको बैठक लामो समयदेखि बस्न सकेको छैन । यो विषयमा विषयमा के कुरा उठाउनु भयो ?’, खनालले सोधे, ‘बोर्डरमा दुई पक्षीय सीमा सुरक्षाको विषयमा के कुरा उठाउनुभयो ?’
उनले प्रतिवेदनमा भारतको धारणा, भारतमा प्रस्तावित राजदूत शङ्कर शर्मालाई कार्यविधि मिचेर पुनः नियुक्ति दिएको भन्दै सरकारको जवाफ माग गरेका छन् । ‘राजदूत नियुक्तिमा हलुका जवाफ आयो, यसमा सरकारको के छ प्रतिक्रिया ?’, उनको प्रश्न छ ।
त्यस्तै उनले चक्रपथ निर्माणको कुरा बीआरआईसँग जोडिएको भन्दै बीआरआई के हो र चीनसँग गर्ने हरेक सम्झौता बीआरआई हुने हो र भनेर प्रश्न गर्दै बङ्गलादेशलाई विद्युत् विक्री गर्ने कुरा भारतसँग समेत जोडिएकाले यसबारे मन्त्रालयले के काम गर्दै छ भनेर प्रश्न गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्ण समानुपातिक निर्वाचन प्रणालीको अभ्यासमा तत्काल जुट्नुपर्छ : सांसद गौतम
-
कारागारभित्रै सीप सिकेर कमाउँछन् कैदीबन्दीहरू
-
यो सिजन दोस्रो पटक आमनेसामने हुँदै कोलकाता र पञ्जाब
-
कोशीमा पर्यटन वर्ष सुरूसँगै पर्यटकको चहलपहल बढ्यो
-
जनमत–नागरिक उन्मुक्ति एकता : मतदाता परिचय पत्रसहित बैठकमा उपस्थित हुन जनमतको आग्रह
-
सरकार र आन्दोलनरत शिक्षकबिच वार्ता : छलफललाई निरन्तरता दिने सहमति