राजदूत नियुक्ति गर्दा क्षमता हेरिएन : भीम आचार्य

काठमाडौँ । सत्तारुढ दल नेकपा एमालेका सांसद भीम आचार्यले परराष्ट्रमन्त्री आरजु देउवा राणाको हालै भएको भारत भ्रमणमा त्यहाँका परराष्ट्रमन्त्री, प्रधानमन्त्रीलगायतका नेताहरूसँग हात मिलाउनु मात्र ठुलो कुरा नभएको बताएका छन् ।
संसदको मंगलबार बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा परराष्ट्रमन्त्रीसँगको छलफलमा सांसद आचार्यले भ्रमणबाट कुन परियोजनाले ब्रेक थ्रु भयो भन्दै त्यसको जानकारी दिन आग्रह गरे ।
‘पञ्चेश्वरको विषयमा जेनेरल कुरा भयो । स्पेसिफक कुरा चाहिँ के भयो ?’, प्रश्न गर्दै उनले भने, ‘गएर हात मिलाएको, फलानालाई भेटेको भनेर प्रचार हुन्छ । यो प्रचार गरिनु ठूलो कुरा होइन ।’
उनले विषय महत्त्वपूर्ण कुरा हुने बताए । उनले भने, ‘राजदूत नियुक्तिको रिजल्ट हेर्दा रिटायर जीवन बिताएको देख्छु । नेपालका लागि केही गरेको देख्दिनँ । नियुक्ति गर्दा क्षमता के हो त्यो पनि हेरिएन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट हेर्न नमिल्ने
-
चीनमा मानिस र रोबोटबिच हाफ म्याराथन प्रतियोगिता
-
हिज्बुल्लाह नेताद्वारा निःशस्त्रीकरणको मागलाई अस्वीकार
-
अमेरिकासँगको व्यापार वार्ताबाट यस्तो अपेक्षा राखिरहेछन् कोरियाली राष्ट्रपति
-
काठमाडौँमा शिक्षकहरूको प्रदर्शन जारी
-
सप्तकोसीमा बेपत्ता व्यक्ति खोज्न सशस्त्रको गोताखोर परिचालन