आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

मन्त्री आरजुको भारत भ्रमणलाई सुवालले लेण्डुप दोर्जेसँग जोडे

मङ्गलबार, १८ भदौ २०८१, ११ : ३८
मङ्गलबार, १८ भदौ २०८१

काठमाडौँ । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का सांसद प्रेम सुवालले परराष्ट्रमन्त्री आरजु राणा देउवाको हालै सम्पन्न भारत भ्रमणबारे कडा टिप्पणी गरेका छन् ।

उनले परराष्ट्रमन्त्री राणालाई प्रधानमन्त्री सो सरह स्वागत गरेको भनेर चर्चा भएपनि लेण्डुप दोर्जेको घटना बिर्सन नमिल्ने बताएका हुन् । 

संसदको मंगलबार बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा परराष्ट्रमन्त्रीसँगको छलफलमा सांसद सुवालले भने, ‘परराष्ट्र मन्त्रीलाई प्रधानमन्त्री सरह स्वागत गरेको भनेर चर्चा गरिएको छ । तर, हामीले बिर्सनु हुन्न कि लेन्डुप दोर्जेलाई भारतले रातो कार्पेट ओछ्याएर सिक्किम खाएको कुरा ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप