बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

अमेरिकाले किन जफत गर्‍यो भेनेजुएलाका राष्ट्रपतिको प्राइभेट जेट ?

मङ्गलबार, १८ भदौ २०८१, ११ : २९
मङ्गलबार, १८ भदौ २०८१

वासिङ्टन डिसी । अमेरिकाले भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोको प्राइभेट जेट जफत गरेको छ । डोमिनिकन रिपब्लिकमा मदुरोको लक्जरी जेट डासल्ट फाल्कन ९००एक्स  जफत भएको समाचारमा उल्लेख  छ । 

सीएनएनका अनुसार अमेरिकी अधिकारीहरूले सोमबार विमानलाई जफत गरेका हुन । समाचार एजेन्सी एपीका अनुसार जेट जालझेल गरेर किनेको र अवैधरुपमा अमेरिकाबाट बाहिर लगेको आरोप अमेरिकी अधिकारीहरूले लगाएका छन् ।

विमानहरू ट्र्याक गर्ने वेबसाइट फ्लाइट रडार २४ का अनुसार, जेटले सोमबार बिहान सान्टो डोमिङ्गोबाट फोर्ट लाउडरडेलको लागि उडान भरेको थियो । सोही क्रममा विमान जफत गरिएको बताइएको छ ।  डासल्ट फाल्कन ९००एक्सलाई १ करोड ३० लाख अमेरिकी डलर तिरेर किनिएको थियो । विमान सन २०२२ को अन्त्यदेखि सन् २०२३ को शुरुको बीचमा मदुरोसँग सम्बन्धित व्यक्तिहरूले आफ्नो पहिचान लुकाएर किनेका अमेरिकी अधिकारीको भनाइ छ ।

विमान किन्न उनीहरूले क्यारेबियन सेल कम्पनी प्रयोग गरेको बताइएको छ । अमेरिका र भेनेजुएला सरकारहरू बिच व्यापार लेनदेनमा प्रतिबन्ध छ । रिपोर्टका अनुसार मादुरोको जेट सान मारिनोमा दर्ता भएको थियो । मदुरोले आफ्ना कयौँ विदेश भ्रमणहरूमा यो विमान प्रयोग गरेका थिए । यस्तो तथ्य पत्ता लागेपछि अमेरिकाले २०२३ को जनवरीमै उक्त विमानको दर्ता रद्द गरेको थियो ।

विमान यस वर्ष मार्चमा डोमिनिकन रिपब्लिक पुगेको थियो । विमान त्यहाँ कसरी पुग्यो भन्ने थाहा हुन सकेको छैन । मदुरो यसै वर्ष निजी जेटमा गुयाना र क्युबा गएका थिए । भेनेजुएला सरकारले उक्त विमान अमेरिकाले कब्जामा लिएको स्वीकार गरेको छ । उनले अमेरिकी सरकारको यो कदमलाई डकैती भनेको छ । अमेरिकाले फेरि अपराध गरेको भेनेजुएलाका अधिकारीहरूले बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप