आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय
समिति बैठक

पशुपति शमशेरको प्रश्न : पञ्चेश्वरको डीपीआर कहिले तयार हुन्छ ?

मङ्गलबार, १८ भदौ २०८१, ११ : १५
मङ्गलबार, १८ भदौ २०८१

काठमाडौँ । राप्रपाका सांसद पशुपति शमशेर राणाले परराष्ट्रमन्त्री आरजु राणा देउवालाई पञ्चेश्वर परियोजनाको डीपीआर कहिले तयार हुन्छ ? भनेर प्रश्न गरेका छन् । मंगलबार बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा राप्रपा नेता राणाले पञ्चेश्वर बहुमुखी योजनाबारे चासो राख्दै कहिले सुरु हुन्छ भनेर प्रश्न गरेका हुन् ।

‘पञ्चेश्वरको डीपीआर तयार भयो कि भएन ?’, राणाको मन्त्री देउवालाई प्रश्न छ । साथै उनले भारत भ्रमणका अवसरमा भारतसँग सम्बन्ध सुधारका लागि भएका कामबारे जानकारी दिन आग्रह गरेका छन् । 

बैठकमा कांग्रेस नेता विमलेन्द्र निधिले परराष्ट्रमन्त्री देउवाको हाले सम्पन्न भारत भ्रमणले नेपालकै गरिमा बढाएको बताए । ‘मन्त्रीज्यूको भ्रमण व्यक्तिगत मात्र होइन, यसलाई नेपालको गरिमाको रूपमा लिनुपर्छ’, निधिको भनाइ छ । 

उनले परराष्ट्रमन्त्रीको भारत भ्रमणमा त्यहाँका प्रधानमन्त्री नरेन्द्र मोदीले भेट दिएर ‘नेबर फस्ट पोलिसी’ भारतको रहेको भन्दै उच्च भेटको महत्त्व रहेको बताए । ‘भेट सन्देशमूलक थियो । नेपाल र भारतबिचको शङ्का उपशङ्का र कथा आइरहँदा उहाँको भेटले शङ्का निवारण गर्‍यो’, निधिको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप