नेपाली कांग्रेसको आइतबार सम्पन्न केन्द्रीय समिति बैठकले विभिन्न ११ वटा निर्णय गर्यो । गत फागुनमा बसेको महासमिति बैठकमा प्रस्तुत प्रतिवेदनलाई पारित गर्न बसेको बैठकले आउँदो निर्वाचनमा एक्लै (तालमेल नगरी) चुनाव लड्ने निर्णय गर्यो । सो प्रस्ताव महासमिति बैठकमा महामन्त्री गगन थापाले ल्याएका थिए ।
तर, अर्का महामन्त्री विश्वप्रकाश शर्माले ल्याएको एक्जिट पोलिसीलाई भने पछि बहस गर्ने भन्दै बैठकले थाती राख्यो । यी दुई महामन्त्रीको प्रस्तावले साउन २३ बाट सुरू भएको केन्द्रीय समिति बैठक पटकपटक स्थगन गरेर सहमति खोज्नुपरेको थियो ।
अन्त्यमा ‘वीन–वीन’ अवस्थामा पुर्याउँदै पार्टीले महासमिति बैठकका प्रतिवेदन र प्रस्तावहरू परिमार्जनसहित पारित भएको जानकारी गराएको छ । यिनै विषयमा कांग्रेस उपसभापति धनराज गुरुङसँग रातोपाटीका दुर्गा दुलालले कुराकानी गरेका छन् । प्रस्तुत छ, गुरुङसँग गरेको संवादको सम्पादित अंश–
कांग्रेस अग्रगामी दिशामा सधैँ अघि बढ्ने पार्टी हो । अग्रगामी विषय र एजेन्डा बोकेकाकै कारण जेठो र ठुलो पार्टी भएको हो । महासमिति बैठकमा पनि यस्तै एजेन्डामा छलफल भएको थियो । सोही दस्तावेजमा भएका विषय र आएका सुझावहरूमाथि छलफल गरेर पारित भयो । केन्द्रीय समिति म्याराथन दौडजस्तै भयो । हामीले मुलुक र देशको भविष्यलाई हेरेर निर्णय गरेका छौँ ।
बाहिर आउँदा विवाद भनिए पनि केन्द्रीय समितिभित्र संवाद भएको हो । लोकतान्त्रिक पार्टीभित्र आफ्ना कुराहरू मन खोलेर भन्ने हो नि । लोकतान्त्रिक अधिकार प्रयोग गरेर साथीहरूले त्यी संवाद, बहसहरूलाई राख्नुभएको हो । त्यसलाई विवाद भन्न मिल्दैन ।
धेरै विषय छन् । ठोस रूपमा भन्दा आगामी निर्वाचनमा नेपाली कांग्रेसलाई पहिलो दल बनाउने अभियान र कांग्रेसले एक्लै बहुमत ल्याउने गरी सङ्गठन निर्माण गर्ने कुरा आएको छ । यो खाली शब्दका लागिमात्र होइन, प्रतिवद्धता नै हो । भोलि यसले पार्टीलाई नवनिर्माणमा लान्छ ।
स्थानीय तह, गाउँसम्म पार्टी परिचालन गर्ने कुरा भयो । यस्तै संविधान संशोधनको कुरालाई मसिनो ढङ्गबाट लाने भन्ने छलफल भयो । संविधान संशोधन सत्ता प्राप्तिको भर्याङमात्र बन्न हुँदैन भन्ने विषयमा छलफल भयो । संविधान संशोधन पश्चगमन हैन, अग्रगमनका लागि हो भन्ने प्रमाणित गर्नुपर्छ भन्ने विषयमा सघन संवाद भयो ।
आर्थिक सङ्कटको खतराबाट मुलुक बाहिर निस्केको छैन । यस विषयमा पनि हामीले गम्भीर छलफल गरेका छौँ । समग्रमा राज्यमा देखिएको समस्या समाधान उन्मुख गहन छलफल भएको छ ।
एक्लै चुनाव लडेर ठुलो बहुमतको पार्टी बन्ने भन्ने हाम्रो दृष्टिकोण आएको छ । खास गरेर हाम्रो पार्टनर एमाले पनि गठबन्धन नगरी चुनाव लडेर अघि बढ्छ भन्ने मलाई लाग्छ । त्यही गठबन्धन भनेर देशको यो हविगत भएको छ ।
हाम्रो निर्णयको परिणाम भनेको ०८४ मा निष्पक्ष, स्वच्छ र मित्रवत् प्रतिस्पर्धा हो । तर ०८४ अघि नै संविधान संशोधन गरेर हामीले अस्थिर प्रकृतिको सरकार अन्त्य गर्छाैं ।
महासमिति बैठकको दस्तावेजमा गठबन्धन गर्नुपर्छ वा पर्दैन भन्ने शब्द थिएन । खाली साथीहरूले सजिलोका लागि गठबन्धनको बहस चलाए । त्यो बहसका क्रममा चुक्यौँ, कमजोरी भयो ।
केन्द्रीय समिति बैठकमा यसलाई रणनीतिको विषय पनि भनियो । मलाई पनि रणनीतिक विषय हो भन्ने अहिले पनि लाग्छ । तर, यसको अर्थ भोलिको दिनमा गठबन्धन हुन्छ भन्ने हैन । हाम्रो क्लियर कुरा स्वच्छ प्रतिस्पर्धाको निर्वाचनमा जाने भन्ने हो । आ–आफ्नो घोषणापत्र लिएर जनताको बिचमा जाने हो । त्यसपछि कुनै एक दलले सरकार बनाउन नसक्ने अवस्था भएमा मात्र गठबन्धन हुन्छ । यहाँ त ‘प्रि–इलेक्सन’मा भएका कारणले बहस भएको हो ।
एक्जिट पोलिसी भन्ने शब्द दस्ताबेजबाटै हटाइएको छ । यसमा पुनः बहस गर्न आवश्यक छैन ।
विधानमा उल्लेख गरेको मितिमै महाधिवेशन हुन्छ । विधानमा तोकिएको समयभन्दा अलिकति अघि वा पछि हुन्छ भन्ने कुरामा कुनै तुक छैन । हाम्रो विधानमा ४ वर्ष अवधि हो । त्यसपछि बढीमा एक पटक म्याद थप्न सकिन्छ । केन्द्रीय समितिको यो बैठकबाट महाधिवेशन समयमै हुँदैन कि भन्ने शङ्का पनि अन्त्य भयो ।
विधानमा उल्लेख गरेको मितिमै महाधिवेशन हुन्छ । विधानमा तोकिएको समयभन्दा अलिकति अघि वा पछि हुन्छ भन्ने कुरामा कुनै तुक छैन । हाम्रो विधानमा ४ वर्ष अवधि हो । त्यसपछि बढीमा एक पटक म्याद थप्न सकिन्छ । केन्द्रीय समितिको यो बैठकबाट महाधिवेशन समयमै हुँदैन कि भन्ने शङ्का पनि अन्त्य भयो ।
यसमा कुनै तुक छैन । यो वा त्यो बहानामा आशङ्का गर्न जरूरी छैन । हामीले सभापतिबाट शेरबहादुर देउवालाई प्रधानमन्त्री बनेकै बेला स–सम्मान बिदाइ गर्ने हो । त्यसकारण यहाँ महाधिवेशन हुँदैन भनेर रूवाबासी गर्न जरूरी छैन । उहाँ प्रधानमन्त्री बनेपछि सभापतिबाट स–सम्मान बिदाइ हुन्छ ।
सबै विषय दस्तावेजमा टेकेर, समेटेर हामीले निर्णय गरेका छौँ । हुबहु त हुँदैन तर सबैलाई साझा दस्तावेज बनाएर हामीले विषय समेटेका छौँ । दस्तावेज बाहिरको कुरा समेट्नचाहिँ सम्भव छैन ।
केन्द्रीय समिति बैठकले संविधान संशोधनको विषयमा गहिरो बहस सिर्जना गर्यो । संविधान संशोधनको एजेन्डा सत्तामा जाने भर्याङमात्र नहोस् भनेर मैले नै बोलेको छु । संविधान संशोधन एजेण्डा बनिसक्यो । केही महिनापछि कांग्रेस–एमालेप्रति जनताले प्रश्न गर्न थाल्छन् । प्यान्डोरा बक्स खोलेजस्तै हुन्छ भन्नेलाई नतर्सिनु भनेको छु । समानुपातिकलाई राष्ट्रिय सभामा लाने कुरा पनि आए । त्यसलाई जस्ताको त्यस्तै राखौँ र ४० प्रतिशत जसले पाउँछ, सरकार त्यसले बनाउँछ भन्नेजस्ता दृष्टिकोण आएको छ ।
यहाँ समानुपातिक हटाउने भाष्य खडा हुँदैछ । यसलाई अझ राम्रो बनाउने हो । मैले २७५ सिटको प्रतिनिधि सभा ठुलो भयो, त्यसलाई १६५ भित्र समानुपातिक बनाउँ । ५५ सिट महिलालाई दिउँ । बाँकी रहेको ११० सिट पुरूषको सिटमा खस, आर्य, दलित, जनजाति, थारू, मुस्लिम सबैलाई छुट्याउँ । यसरी मैले प्रस्ताव गरेको छु । त्यसको व्यवस्थापन निर्वाचन आयोगले गर्छ । यसरी हामी गए कसैलाई घाटा गर्दैन ।
अब दिन तोकेर बस्ने हैन । सबै दल बसेर संवाद थालनी गर्नुपर्छ । सरकारले नेतृत्व गरेर छलफल अघि बढाउनुपर्छ । संयन्त्र बनाएर अघि बढ्नुपर्छ ।
पहिलो पार्टी मिलेर बन्ने कुरा संवैधानिक नै हो । मान्यता भनेको चाहिँ प्रतिपक्षको आवाज नसुन्ने हो कि भन्ने भनाइ छ । तर, विशेष अवस्थामा ठुला दल मिलेको उदाहरण छ । संविधान जारी गर्दा पनि मिलेकै हो । तर जनतामा देखिएको निराशामा आशामा बदल्न र राजनीतिक स्थायित्व दिन र अहिलेको अर्थतन्त्र सुधार गर्न दुई दल मिलेर सरकार बनाएका हौँ । कुरा यति न हो ।
यसमा कुनै तुक छैन । यो वा त्यो बहानामा आशङ्का गर्न जरूरी छैन । हामीले सभापतिबाट शेरबहादुर देउवालाई प्रधानमन्त्री बनेकै बेला स–सम्मान बिदाइ गर्ने हो । त्यसकारण यहाँ महाधिवेशन हुँदैन भनेर रूवाबासी गर्न जरूरी छैन । उहाँ प्रधानमन्त्री बनेपछि सभापतिबाट स–सम्मान बिदाइ हुन्छ ।
यसलाई भयङ्कर युद्ध बनाइनु हुँदैन । कांग्रेस–एमाले अहिले एउटै फुटबल ग्राउण्डमा छ र चुनावको समयमा पनि त्यहीँ हुन्छौँ । कसले कति गोल छिराउने भन्ने त्यसबेलै हुन्छ । चुनावमा जानु भनेको शत्रुता त होइन नि, मित्रवत् प्रतिस्पर्धा पनि हो नि ।
गुट बलियो हैन, सिङ्गो एकाकार र एकतावद्ध कांग्रेस बनेको छ । बगिरहने खोलाले पनि धार फेर्छ । ‘इश्यु बेस’ गुट पार्टीमा बन्छ । छेपारोले खाँबो समाएजस्तो हैन । तत्कालीन विचार कहाँ जान्छ, त्यहीँ उभिने हो । सधैँ दुईधार भइरहने हुँदैन । उलटपुलट भइरहन्छ । धार कहिल्यै नफेरिने स्थायी हुँदैन । अस्थायी हुन्छ ।
१५ औँ महाधिवेशनमा क्षमता, इतिहास र पार्टीको भविष्यलाई हेरेर ती धार उथलपुथल हुन्छ । १४ औँ महाधिवेशन जुन गुट बने, १५ औँमा त्यो अस्तित्वमा रहन्छ भन्ने रहँदैन ।
सभापतिमा प्रतिस्पर्धी आउलान् नै । म उपसभापति छु त्यसैले राजनीतिक धर्म निभाउनुपर्छ भन्ने मलाई लाग्छ । १४ औँमा शेखर कोइरालालाई सभापति जिताउन सकिएन । यसपटक पनि राजनीतिक संस्कार देखाएर डा. शेखर कोइरालालाई सभापति बनाउन लाग्छु । शेखर कोइराला लड्दिनँ भन्नुभयो भने धनराज गुरुङ सभापति पदको उम्मेदवार हो ।
हो, १५ औँ महाधिवेशनमा पनि शेखर कोइराला दाबेदार हो । १४ औँ महाधिवेशनमा उहाँलाई सभापति मानेर म उपसभापति लडेको हो । उहाँ निर्वाचित हुन सक्नु भएन, म निर्वाचित भएँ । उहाँलाई नेता मानेर लडिसकेको छु । मेरो कमाण्डरलाई कांग्रेसको कमाण्डर बनाउनुपर्छ भनेर उहाँलाई सहयोग गर्न चाहन्छु । ममात्र हैन, अरू साथीभाइले पनि मान्नुहुन्छ भन्ने लाग्छ ।
शेखर कोइरालासँग छुट्टै पोलिटिकल कल्चर छ । त्यसले समूह बाहेकका अरू साथीलाई पनि आकर्षित गरेको छ । १४ औँमा शेरबहादुर देउवासँग भएका साथीहरूले पनि उहाँलाई यसपटक सहयोग गर्ने मलाई विश्वास छ ।
प्रतिक्रिया