राष्ट्रिय टोलीबाट अन्तिम खेल खेल्दै प्रभावशाली स्ट्राइकर लुइस स्वारेज

काठमाडौँ । उरुग्वेका प्रभावशाली स्ट्राइकर लुइस स्वारेजले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास घोषणा गरेका छन् । ३७ वर्षीय यी प्रभावशाली स्ट्राइकरले आफ्नो व्यावसायिक खेलजीवनलाई भने अझ केही समय निरन्तरता दिने भएका छन् ।
उनी हाल समकालीन विश्व फुटबलका महान् खेलाडीमध्येका एक लियोनल मेस्सीसँगै अमेरिकी क्लब इन्टर मियामीबाट व्यावसायिक फुटबल खेल्छन् । उनले आगामी शुक्रबार उरुग्वेको राष्ट्रिय टोलीबाट अन्तिम खेल खेल्ने बताएका छन् ।
उरुग्वेले विश्वकप छनोट खेलमा शुक्रबार पाराग्वेसँग भिडन्त गर्दैछ । उक्त खेल स्टाडियो सेन्टेनारियो स्टेडियममा खेलिने छ । त्यो उरुग्वेको घरेलु मैदान हो । स्वारेज उरुग्वेका लागि सर्वाधिक गोल गर्ने खेलाडी हुन् ।
स्वारेजले हालसम्म उरुग्वेको राष्ट्रिय टोलीबाट एक सय ४२ खेल खेल्दै ६९ गोल गरिसकेका छन् । उनले सन् २००७ को फेब्रुअरी ८ तारिखमा उरुग्वेको राष्ट्रिय टोलीबाट ‘डेब्यू’ गरेका थिए । कोलम्बियाविरुद्धको उक्त खेलमा उरुग्वे ३–१ गोलले विजयी भएको थियो ।
स्वारेजले सन् २०१० को विश्वकपमा उरुग्वेका लागि उत्कृष्ट प्रदर्शन गरेका थिए । उनले त्यो विश्वकपको समूहगत चरणमा मेक्सिकोविरुद्ध गोल गरेपछि उरुग्वे समूह विजेता बनेर प्रतियोगिताको नकआउट चरणमा पुगेको थियो ।
त्यो विश्वकपको प्रि–क्वार्टरफाइनलमा उनले दुई गोल गरेपछि उरुग्वेले बलियो दक्षिण कोरियालाई २–१ ले हराएको थियो । उनले खेलका क्रममा आफ्नो विभिन्न चर्तिकलाका कारण बेलाबेलामा विवादमा पर्ने गरेका थिए ।
स्वारेजले स्पेनिस क्लब बार्सिलोना, इङ्लिस प्रिमियर लिग क्लब लिभरपुल, डच क्लब आयाक्स, स्पेनिस क्लब एट्लेटिको म्याड्रिडबाट पनि व्यावसायिक फुटबल खेलिसकेका छन् । उनी सन् २०२४ मा इन्टर मियामीमा आबद्ध भएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल मजदुर किसान पार्टीको नयाँ नेतृत्व चयन आज
-
बारपाकमा क्यान्सरको निःशुल्क ‘स्क्रिनिङ’ शिविर
-
पुटिनले जस्तै गरी सोच्छन् ट्रम्प ?
-
पुडुचेरीका विधायकहरू अनुभव आदानप्रदानका लागि पोखरामा
-
हेटौँडा अस्पतालमा मुटु रोग सम्बन्धी सेवा विस्तार हुँदै
-
सुदूरपश्चिम प्रदेशमा बिहानैदेखि वर्षा, कस्तो रहला देशभरको मौसम ?