आइतबार, २० असोज २०८१
ताजा लोकप्रिय

नेतन्याहुले मागे माफी

मङ्गलबार, १८ भदौ २०८१, १० : ३७
मङ्गलबार, १८ भदौ २०८१

तेल अभिभ । इजरायली प्रधानमन्त्री बेन्यामिन नेतन्याहुले माफी मागेका छन् । गाजामा ६ इजरायली बन्धक शनिबार मृत भेटिएका  थिए । बन्धकहरूलाई फिर्ता ल्याउन असफल भएको भन्दै नेतन्याहुले इजरायली जनतासँग माफी मागेका छन् । 

उता, हमासले पनि युद्धविराम सम्झौता भएन भने अन्य बन्धक पनि कात्रोमा घर फर्किन्छन् भनेर धम्की दिएको छ । सम्झौता वार्तालाई  निस्कर्षमा पुर्‍याउने नेतन्याहुको तरिकाबारे इजरायलमा दोस्रो रात पनि विरोध प्रदर्शन जारी रहँदा उनको यो अभिव्यक्ति आएको हो । अर्को तर्फ अन्तर्राष्ट्रिय स्तरबाट पनि नेतन्याहुमाथि दबाब बढिरहेको छ ।

इजरायलले आफूले दिएको हतियार अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन गर्न प्रयोग गर्न सक्ने भन्दै बेलायतले हतियार दिन रोक लगाएको छ । तर नेतन्याहु आफ्नो अडानमा अड्डी लिएर बसिरहेका छन् । गाजाको फिलाडेल्फी करिडोरमा इजरायली नियन्त्रण जरुरी रहेको उनको भनाई छ । हमाससँगको युद्धविराम वार्तामा यो करिडोर मुख्य मुद्दा बनेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप